कोलकाता, 07 अक्टोबर (हि.स.)। पश्चिम बंगाल विद्यालय सेवा आयोग (डब्ल्यूबीएसएससी)- द्वारा शिक्षकहरूको रिक्त पदहरूलाई भर्नको लागि आयोजित नयाँ भर्ती परीक्षाको परिणाम यसै महिनाको अन्तसम्ममा जारी गरिने सम्भावना छ। यो भर्ती ती 25 हजार 753 स्कूल नोकरीको रद्दीकरणपछि गरिँदैछ जसलाई यसै वर्षको शुरूमा सर्वोच्च न्याालयले रद्द गरिदिएको थियो।
सूत्र अनुसार माध्यमिक र उच्च माध्यमिक शिक्षकहरूको नियुक्तिको लागि लिखित परीक्षा दुई चरणमा गत 7 र 14 सेप्टेम्बरमा आयोजना गरिएको थियो। आयोगका एकजना अधिकारीले बताए, हाम्रो लक्ष्य यसै महिनाको अन्तसम्ममा परिणाम घोषणा गर्ने हो ताकि आगामी महिनादेखि साक्षात्कार प्रक्रिया शुरू गर्न सकियोस्।
आयोगको योजना मुताविक साक्षात्कार प्रक्रिया नोभेम्बरमा आरम्भ हुनेछ अनि सम्पूर्ण भर्ती प्रक्रिया वर्षको अन्तसम्ममा पूरा गरिनेछ। सर्वोच्च न्यायालयले आदेश दिएको छ, यो नियुक्ति प्रक्रिया आगामी 31 दिसम्बरसम्ममा समाप्त हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा