धर्मशाला, 07 अक्टोबर (हि.स.)। पुलिस जिल्ला नूरपुरद्वारा नशा तस्करहरू विरूद्ध शुरू गरिएको अभियान अन्तर्गत गए दिन सोमवार समातिएको ढाई किलो चरसको मामिलामा बाबू छोरा सहित अन्य दुई आरोपीहरूलाई ज्वालीबाट पक्राउ गरिएको छ। यस अगाड़ी गए दिन पक्रा परेको मन्डी जिल्लाको तस्करबाट कड़ा सोधपुछपछि पुलिसले त्वरित कारबाही गर्दै यी दुवैलाई पक्राउ गरेको छ। पुलिस अनुसार, चरसको खेपलाई यी दुईलाई दिन गइऱहेको थियो। पुलिसले यस मामिलामा वाञ्छित आरोपी रमेश कुमार उर्फ मेशी पुत्र मगंत राम र उसका छोरा अंकित पुत्र रमेश चन्द दुवै निवासी ज्वालीलाई गए राति पक्राउ गरेको थियो।
एसपी नूरपुर अशोक रत्नले बताए, सबै आरोपीहरू विरूद्ध नियमानुसार अग्रिम कारबाही गरिँदैछ। भविष्यमा पनि जिल्ला पुलिस नूरपुरको नशा विरूद्ध अभियान जारी रहनेछ।
उल्लेख्य, उक्त मामिलामा ज्वाली पुलिसले सोमवार ज्वालीको 32 मील निकट मण्डी जिल्लाको नशा तस्करको कारबाट 2 किलो 526 ग्राम चरस जफत गरेको थियो। उक्त आरोपीलाई पक्राउ गरी उसित गरिएको सोधपुछपछि नै पुलिसले यस मामिलामा सामेल बाबू र छोरालाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी