बाबूले गाली गर्दा रूष्ट छोरीले गरी आत्महत्या
बाबूले गाली गर्दा रूष्ट छोरीले गरी आत्महत्या


भागलपुर, 07 अक्टोबर (हि.स.)। जिल्लाको कजरैली थाना क्षेत्रको गुडी बहादुरपुर गाउँमा मंगलवार आफ्नो बाबूले गाली गर्दा रूष्ट भएर छोरी सुमन रन्जनले आत्महत्या गरिन्।

घटनालाई लिएर मृतकाको बाबू जितेन्द्र मण्डलले बताए, सोमवार उनले आफ्नी छोरीलाई कुनै कुरालाई लिएर हपारेका थिए। यसपछि मंगलवार उनी खेतमा काम गर्न गए। जबकि उनकी पत्नी सब्जी किन्न बजार गएकी थिइ।

सोही अवधि सुमन घरमा एक्लो थिइ। जब उनी घर फर्के तब उनले आफ्नी छोरीलाई कमराभित्र पासोमा झुण्डेको पाए। घटनाको सूचना पाउनसाथ कजरैली थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। अहिले पुलिसले यूडी केस दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande