महोबा, 07 अक्टोबर (हि.स.)। बुन्देलखण्डको महोबा जिल्लामा भएको करोड़ौं रूपियाँको फसल बीमा घोटालामा अझ् एक आरोपी पक्रा परेको छ। यही मामिलामा अहिलेसम्म कूल 6 एफआईआर दर्ता भइसकेको छ। पहिले पुलिसले 10 आरोपीलाई जेल पठाइसकेको छ भने इफको टोकियो बीमा कम्पनीका जिल्ला प्रबन्धक अहिलेसम्म पुलिसको हात परेको छैन।
जिल्लामा ठगहरूद्वारा जंगल, पहाड़, मन्दिरहरू र ग्राम सभाको भूमि समेत सोझा किसानहरूको जमीनमा फर्जी तरीकाले फसल बीमा गराएर लाखौं रूपियाँको क्लेम हड्पे। यस फर्जी फसल बीमा मामिलामा अहिलेसम्म छह एफआईआर दर्ता भयो।
जसमा बीमा कम्पनीका जिल्ला प्रबन्धक निखिल चतुर्वेदी समेत 26 जनालाई आरोपी बनाइएको छ। मामिलामा अहिलेसम्म 11 आरोपी पक्रा परेका छन्।
किसान यूनियनद्वारा मामिलाको एसआईटी जाँच गराउने मागलाई लिएर लगातार आन्दोलन गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी