जौनपुर, 07 अक्टोबर (हि.स.)। केराकत थानान्तर्गत पसेवा गाउँमा कुटपीटमा एक घाइते एक युवकको उपचार भइरहेको बेला मृत्यु भयो। पुलिसले आऱोपीलाई पक्राउ गरेको छ।
क्षेत्राधिकारी केराकत अजीत कुमार रजकले बतायो, सोमवार राति केराकत थानान्तर्गत पसेवा गाउँ निवासी अरविन्द चौहानले आफ्नो कान्छा भाई मुकेशकी पत्नीलाई अपशब्द भनिरहेको थियो। यसमा भाईले दाज्यू अरविन्दलाई कुट्यो। घाइते अवस्थामा अरविन्दलाई परिजनहरूले उपचारको निम्ति सीएचसी केराकतमा भर्ती गराए। मंगलवार उलाई जिल्ला चिकित्सालय रेफर गरियो, जहाँ डाक्टरहरूले मृत घोषित गरे।
सीओले बताए, पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। परिजनहरूको शिकायतमा मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरी विधिक कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी