लाल बहादुर छेत्रीले मङ्गन जिल्ला पुलिस अधीक्षकको कार्यभार सम्हाले
लाल बहादुर छेत्रीले मङ्गन जिल्ला पुलिस अधीक्षकको कार्यभार सम्हाले


मङ्गन, 07 अक्टोबर (हि.स.)। पुलिस अधिकारी लाल बहादुर छेत्रीले आजदेखि मङ्गन जिल्लाका पुलिस अधीक्षकको कार्यभार सम्हालेका छन्। यस अवसरमा पुलिस अधीक्षक छेत्रीलाई जिल्ला पुलिसले औपचारिक रूपमा गार्ड अफ् अनर दिएको थियो।

छेत्रीलाई सेप्टेम्बर 2025 मा मङ्गन जिल्लाको पुलिस अधीक्षक नियुक्त गरिएको थियो। यस अघि, उनी याङगाङ पुलिस प्रशिक्षण केन्द्रमा अतिरि​क्त पुलिस अधीक्षकको रूपमा कार्यरत थिए। छेत्रीलाई आज ​मङ्गन जिल्ला पुलिसका अधिकारीहरूले स्वागत जनाए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande