- पुलिसले एनएच-37 मा आवश्यक वस्तुहरूले लादिएको 298 वटा वाहनहरूको आवागामनलाई सुनिश्चित गऱ्यो
इम्फाल, 07 अक्टोबर (हि.स.)। मणिपुरमा प्रतिबन्धित (उग्रवादी) संगठन विरोधी आफ्नो अभियानलाई पुलिस अनि केन्द्रिय सुरक्षा बलहरूद्वारा जारी राखिएको छ। संयुक्त अभियानको क्रममा सुरक्षा बलहरूले दुई वटा उग्रवादी संगठनहरूका दुईजना सक्रिय दस्यहरूलाई पक्राउ गरेको छ। पुलिसद्वारा राष्ट्रिय राजमार्गमा खोजी अभियान चलाइँदैछ।
मणिपुर पुलिस मुख्यालयद्वारा मंगलवार बताइयो, राज्यमा उग्रवादी गतिविधिहरूमाथि लगाम कस्नको साथै वाहनहरूविरूद्ध खोजी अभियान जारी छ। यसै क्रममा दुई वटा उग्रवादी संगठनहरूका दुई जना सक्रिय सदस्यहरूलाई पक्राउ गरिएको छ।
पुलिस मुख्यालय अनुसार गए सोमवार आरपीएफ/पीएलएका सक्रिय क्याडर अशेम रबिन्द्रो मैतेई (38) उपनाम रक उपनाम सथिबालाई पक्राउ गरियो। आरोपी बिष्णुपुर जिल्लाको नापत अवांग लेइकाईका निवासी हुन् जसलाई इम्फाल पश्चिम जिल्लाको काफ्फेल सुपर मार्केट क्षेत्रबाट पक्राउ गरिएको हो। उसको कब्जाबाट आधार कार्ड, पहिचान पत्र सहित अन्य दस्तावेज अनि एउटा मोबाइल ह्याण्डसेट जफत गरिएको छ।
यसरी नै सुरक्षा बलहरूले सोमवार पीआरईपीएके (पीआरओ)-का एकजना सक्रिय क्याडर फिरोइजम विल्सन लुवांग उपनाम फेइजाओबा (23)-लाई पनि पक्राउ गरेका छन्। फेइजाओबालाई इम्फाल पूर्व जिल्लान्तर्गत पोरोमपत थाना क्षेत्रको कोंगपाल कोंगखम लेइकाईस्थित उसको निवास स्थानबाट पक्राउ गरिएको हो।
यसबीच सुरक्षा बलले जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान अनि क्षेत्र प्रभुत्व जारी राखेको छ। पुलिसले बितेको 24 घण्टाभित्रमा राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लादिएका 298 वटा वाहनहरूको आवागमनलाई सुनिश्चित गरेको छ। सबै संवेदनशील स्थानहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा