गान्तोक, 07 अक्टोबर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा लन्दनको इन्डिया हाउस एल्डविचमा स्वागत समारोहमा सहभागी बने। टोलीमा सिक्किम विधानसभा सचिवालयका सचिव र प्रधान निदेशक पनि सामेल थिए।
सिक्किम विधानसभा सचिवालय अनुसार, समारोहको आयोजना भारतका कार्यवाहक उच्चायुक्त, राजदूत कार्तिक पाण्डेले 6 अक्टोबरको दिन गरेका थिए। यस अवसरमा राज्यसभाका उपसभापति हरिवंश लगायत राज्य विधानसभाका पीठासिन अधिकारीहरू र भारतीय सांसदहरू पनि उपस्थित थिए। यस अघि सीपीए सिक्किम शाखाको प्रतिनिधि टोलीले नेशनल ग्यालेरी र ब्रिटिश म्युजियम पनि भ्रमण गरेको थियो।
भारतीय प्रतिनिधि टोलीको अगुवाई लोकसभाका अध्यक्ष ओम बिरलाले गरिरहेका छन्। भारतीय प्रतिनिधि टोली ब्रिजटाउन, बार्बाडोस प्रस्थान गर्नेछ, जहॉं 6-12 अक्टोबरमा प्रस्तावित 68औं राष्ट्रमण्डल संसदीय सम्मेलन र साना राज्यहरूको 41औं सम्मेलनमा भाग लिनेछ।
हिन्दुस्थान समाचार / बिशाल