गान्तोक, 07 अक्टोबर (हि.स.)। विधायक तथा उर्जा विभागका सल्लाहकार सन्जित खरेलले आज सरम्सा गार्डनमा आयोजित राजस्व एवं समन्वय बैठकको अध्यक्षता गरे। एलएलएचपी र टोपा सर्कल अन्तर्गत आयोजित यस बैठकमा उर्जा विभागका सचिव बिकास देवकोटा लगायत विभागका वरिष्ठ अधिकारीहरू र अन्य अधिकारीहरू उपस्थित थिए।
सल्लाहकार खरेलले आफ्नो सम्बोधनमा राजस्व सृजन, प्रभागहरूबीच समन्वय सुदृढ बनाउन र विभागीय परियोजनाहरू समयमा पूरा गर्न जोड दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकार उर्जा पूर्वाधार र राज्यभरि भरपर्दो बिजुली आपूर्ति सुनिश्चित गर्न लागिपरेको अवगत गराए।
हिन्दुस्थान समाचार / बिशाल