नाम्ची, 7 अक्टोबर (हि.स.)। खेलकुद एवं युवा मामिला विभाग नाम्ची जिल्लाको तत्वावधानमा आजदेखि राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू भएको छ। यहॉंको नाम्ची नगर परिषद छेउ भलिबल कोर्टमा आयोजना भइरहेको यस प्रतियोगिताको समापन 9 अक्टोबरमा हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि थिए। “खेलकुद र एकताको भावना मनाउँदै” थीममा आयोजना भइरहेको यस प्रतियोगितामा नाम्ची, सोरेङ, गान्तोक, पाकिम, मंगन र गेजिङ जिल्लाका भलिबल टीमहरूले भाग लिइरहेका छन्।
आज पहिलो दिन जम्मा चार खेल खेलाइएका थिए। महिला वर्ग अन्तर्गत पहिलो खेलमा नाम्ची जिल्लाले गान्तोक जिल्लालाई पराजित गऱ्यो भने दोस्रो खेलमा गेजिङ जिल्लाले सोरेङ जिल्लालाई पराजित गऱ्यो। यसरी नै पुरुष वर्गको पहिलो खेलमा सोरेङ जिल्लाले गान्तोक जिल्लालाई पराजित गऱ्यो भने दोस्रो खेलमा नाम्ची जिल्लाले गेजिङ जिल्लालाई पराजित गऱ्यो। विजेता दलहरू सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। सेमिफाइनल खेलहरू भोलि 8 अक्टोबरमा खेलाइने छन्।
हिन्दुस्थान समाचार / बिशाल