परम्परागत आर्चेरी प्रतियोगिताको समापन, रिगु छुजाचेन बन्यो च्याम्पियन
परम्परागत आर्चेरी प्रतियोगिताको समापन, रिगु छुजाचेन बन्यो च्याम्पियन


पाकिम, 07 अक्टोबर (हि.स.)। पाकिम जिल्लाको कार्थोक आर्चेरी रेन्जमा चलिरहेको परम्परागत आर्चेरी प्रतियोगिता आज समाप्त भएको छ। राज्यस्तरीय खेलकुद गतिविधि 2025 अन्तर्गत आयोजित यस प्रतियोगिताको समापन समारोहमा खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि र मुख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा विशेष अतिथि थिए। यस प्रतियोगिताको आयोजना खेलकुद एवं युवा मामिला विभाग, पाकिम जिल्लाले गरेको थियो।

आज खेलिएको फाइनल खेलमा रिगु, छुजाचेनले फेरे छोचेन, लामातेनलाई 44–24 अङ्कले पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो। म्यान अफ् द म्याच रिगु, छुजाचेनका अमित प्रधान र म्यान अफ् द टुर्नामेन्ट फेरे छोचेन, लामातेनलाई चयनित गरियो। यसैगरी, फर्स्ट कारी काल्जङ पिन्चो भोटिया, फर्स्ट फेरि पेमा छिरिङ शेर्पा र फर्स्ट थुब्जी थिन्ले भोटियालाई चयनित गरिएको छ। यस प्रतियोगितामा राज्यभरिबाट कुल 12 दलले भाग लिएका थिए।

कार्यक्रममा परम्परागत आर्चेरीमा उल्लेखनीय योगदानको लागि थोम छिरिङ भोटियालाई खेलकुद विभागद्वारा प्रशंसा पत्र प्रदान गरि सम्मानित गरियो। कार्यक्रममा खेलकुद एवं युवा मामिला विभागका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande