सन् १९१० मा वाराणसीमा पहिलो अखिल भारतीय हिन्दी सम्मेलनको आयोजना गरिएको थियो, जसको अध्यक्षता मदन मोहन मालवीयले गरे। यो सम्मेलन हिन्दी भाषा र साहित्यको उत्थानका लागि एक ऐतिहासिक कदम थियो। त्यस समयमा हिन्दी साहित्य र शिक्षालाई प्रोत्साहन दिने आवश्यकता तीव्र रूपमा महसुस गरिएको थियो। सम्मेलनको मुख्य उद्देश्य हिन्दी भाषालाई देशव्यापी मान्यता दिलाउने, साहित्यिक गतिविधिहरूलाई बढावा दिने र हिन्दीमार्फत् राष्ट्रिय चेतनाको जागृति ल्याउने थियो। यस अवसरमा देशभरका लेखक, विद्वान् र भाषा–प्रेमीहरू उपस्थित थिए। उनीहरूले हिन्दीको शैली, व्याकरण र साहित्यिक दृष्टिकोणमा विचार–विमर्श गरे। यस सम्मेलनले हिन्दीको प्रचार–प्रसार र संरक्षणमा नयाँ दिशा प्रदान गर्यो र भाषा–प्रेमीहरूबीच एकता तथा संगठनको भावना विकास गर्यो। यो आयोजन हिन्दी साहित्य र संस्कृतिको इतिहासमा एउटा मीलको ढुंगा साबित भयो।
हिन्दी साहित्य र भाषाको उन्नयनमा निरन्तर सक्रिय गौरवशाली संस्था अखिल भारतीय हिन्दी साहित्य सम्मेलन (प्रयाग) को बीज पनि काशीस्थित नागरी प्रचारिणी सभा मै रोपिएको मानिन्छ। धेरैलाई थाहा छैन कि हिन्दीसेवी महामना मालवीयको मनमा “हिन्दीलाई हिन्दुस्थानको निधारको टिका” बनाउने सोच पनि यही सभाका प्रयासहरूबाट उत्पन्न भएको थियो। सन १९१० मा मालवीयजीको अध्यक्षतामा सम्पन्न पहिलो सम्मेलनको भाषणमा उनले स्वयम् स्वीकार गरे कि यो आयोजनाको कल्पना ‘सभा’ को वाटिकामै गहिरो मन्थनपछि पलाएको थियो।
यो ऐतिहासिक सम्मेलन मूर्तरूप लिने क्रममा अनेक तर्क–वितर्क, विचार–विमर्श र तयारी भएका थिए, जसको विस्तृत विवरण आज पनि नागरी प्रचारिणी सभाका पुराना अभिलेख, वार्षिक विवरण र प्रतिवेदनहरूमा पाइन्छ। पछि प्रयागमा साहित्य सम्मेलनको स्वतन्त्र कार्यालय स्थापना भएपछि र राजर्षि बाबू पुरुषोत्तम दास टण्डनजस्ता कर्मठ व्यक्तित्वको योगदानले संस्था नयाँ उचाइमा पुग्यो। महात्मा गान्धीजस्ता महान् व्यक्तिको आशीर्वाद पाइसकेपछि संस्थाले हिन्दी जगत्मा अपार ख्याति प्राप्त गर्यो। यद्यपि, यसको मूल प्रेरणाको गन्ध अझै नागरी प्रचारिणी सभाकै आँगनमा सजीव रह्यो।
काशी हिन्दू विश्वविद्यालयको प्रसिद्ध भारत कला भवन संग्रहालय पनि नागरी प्रचारिणी सभाको ऋणी रह्यो। सन् १९८६ (संवत् १९८६) मा गुरुदेव रवीन्द्रनाथ ठाकुरको अध्यक्षतामा स्थापन भएको भारत कला परिषदको अमूल्य कोष प्रारम्भमा यही सभालाई सुम्पिएको थियो। संवत् २००७ सम्म यसको संरक्षण सभामै रह्यो र त्यस अवधिमा यो निरन्तर समृद्ध भयो। पछि बीएचयू परिसरमा स्थानान्तरणपछि पनि यसको विस्तार जारी रह्यो।
संवत् २००६ मा सभाले अप्रतिम कथाकार मुंशी प्रेमचन्दको स्मारक बनाइ कृतज्ञता अर्पण गर्यो। त्यसै वर्ष सभाको आफ्नै मुद्रणालय सुरु भयो, जसको व्यवस्थापन मुंशीजीका भाइ महताब रायले गरे। उनीकै पहलमा लमही गाउँमा प्रेमचन्द स्मारक स्थापना गर्ने निर्णय गरियो। महताब रायले आफ्नै पैतृक घरको अंश सभालाई दान दिएर स्मारक निर्माणमा योगदान गरे। मुंशीजीको संगमरमरको प्रतिमा राखिएको स्मारकको शिलान्यास तत्कालीन राष्ट्रपति बाबू राजेन्द्र प्रसादले गरे।
महत्वपूर्ण घटनाक्रम
१७५६ – ब्रिटिश गभर्नर जनरल रबर्ट क्लाइभले कलकत्तामाथि पुनः कब्जा गर्न मद्रासबाट यात्रा थाले।
१८४६ – ब्रिटिश खगोलशास्त्री विलियम लासेलले नेपच्यून ग्रहको उपग्रहको खोज गरे।
१८६८ – क्यूबाले स्पेनविरुद्ध स्वतन्त्रताका लागि विद्रोह सुरु गर्यो।
१९१० – वाराणसीमा मदन मोहन मालवीयको अध्यक्षतामा पहिलो अखिल भारतीय हिन्दी सम्मेलन सम्पन्न।
१९२४ – शिकागोस्थित लोयोला विश्वविद्यालयमा अल्फा डेल्टा गामा भाइचारा संस्थाको स्थापना।
१९४२ – सोभियत सङ्घ र अस्ट्रेलियाबीच राजनयिक सम्बन्ध स्थापना।
१९६४ – टोकियो ओलम्पिक पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रशारण।
१९७० – फिजी स्वतन्त्र राष्ट्र बन्यो।
१९७१ – अमेरिकाको एरिजोना राज्यमा लन्डन ब्रिज पुनर्निर्माण गरी उद्घाटन।
१९७८ – रोहिणी खादिलकर राष्ट्रिय चेस प्रतियोगिता जित्ने पहिलो महिला बनिन्।
१९८६ – सेन साल्भाडोरमा ७.५ तीव्रताको भूकम्प, १,५०० जनाको मृत्यु।
१९९० – अमेरिका को ६७औं मानव अन्तरिक्ष मिशन ‘डिस्कभरी ११’ सफलतापूर्वक फर्कियो।
१९९१ – भारतले विश्व केरम प्रतियोगिताको टोली उपाधि जित्यो।
१९९२ – दोस्रो हुगली पुल ‘विद्यासागर सेतु’ उद्घाटन।
१९९९ – सन् २००६ का राष्ट्रमण्डल खेल मेलबोर्नमा गर्ने घोषणा।
२००० – श्रीलङ्काका पूर्व प्रधानमन्त्री सिरीमाओ बन्डारनायकेको निधन।
२००१ – बंगलादेशकी खालिदा जिया प्रधानमन्त्री पदमा शपथ।
२००३ – भारतले इस्रायल र रसियासँग एईडब्ल्यूएसीएस निर्माणका लागि सम्झौता गर्यो।
२००४ – अस्ट्रेलियामा प्रधानमन्त्री जोन हावर्डको भारी विजय।
२००५ – एन्जेला मर्केल जर्मनीकी पहिलो महिला चान्सलर बनिन्।
२००८ – निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआईका सेयरहरूमा तीव्र गिरावट।
२०१४ – भारतका कैलाश सत्यार्थीलाई नोबेल शान्ति पुरस्कारको घोषणा।
जन्म
१८९९ – श्रीपाद अमृत डांगे, भारतका प्रारम्भिक कम्युनिस्ट नेता।
१९०२ – के. शिवराम कारन्त, प्रसिद्ध कन्नड साहित्यकार।
१९०६ – आर. के. नारायण, प्रसिद्ध भारतीय उपन्यासकार।
१९१० – द्वारकानाथ कोटनीस, दोस्रो विश्वयुद्धका क्रममा चीनमा सेवा दिने भारतीय चिकित्सक।
१९१२ – डा. रामविलास शर्मा, हिन्दीका चर्चित आलोचक।
१९२० – प्रकाश चन्द्र सेठी, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री।
१९२३ – शिवराज रामशरण, भारतीय वैज्ञानिक।
१९२४ – बलबीर सिंह, भारतका प्रसिद्ध हकी खेलाडी।
१९३३ – मदन मोहन पुंछी, भारतका २८औं मुख्य न्यायाधीश।
१९५४ – रेखा, हिन्दी चलचित्रकी चर्चित अभिनेत्री।
१९८८ – मन्जित सिंह, भारतीय रोइङ खेलाडी।
१९९५ – सुतीर्था मुखर्जी, भारतीय टेबल टेनिस खेलाडी।
निधन
१९७४ – लुडमिला पाव्लिचेन्को, दोस्रो विश्वयुद्धकी वीरांगना।
१९८३ – रूबी मेयर्स, १९३० दशककी चर्चित अभिनेत्री।
२००७ – एस. आर. बोम्मई, जनता पार्टीका राजनीतिज्ञ।
२०११ – जगजीत सिंह, गजलका सम्राट।
२०१५ – मनोरमा, दक्षिण भारतीय सिनेमा की हास्य अभिनेत्री।
२०२२ – मुलायम सिंह यादव, प्रसिद्ध भारतीय राजनीतिज्ञ तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री।
महत्वपूर्ण दिवस
विश्व मानसिक स्वास्थ्य दिवस
राष्ट्रिय डाक-तार दिवस
राष्ट्रिय विधिक सहायता दिवस (सप्ताह)
--------------
हिन्दुस्थान समाचार / भवानी थामी