अयोध्या, ९ अक्टोबर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले बिहिबार परिवारसहित श्री राम जन्मभूमि मन्दिरमा श्रीरामललाका दर्शन गरी आरती उतारे। केन्द्रिय मन्त्रीले श्रीराम दरबार परिसरमा रहेको माता दुर्गाका दर्शन गर्दै कुबेर टीलामा देवाधिदेव महादेवको पूजन र अभिषेक पनि गरे।
केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण बुधवारदेखि दुई दिने भ्रमणका लागि परिवारसहित उत्तर प्रदेशको श्रीरामको नगरी अयोध्या पुगेकी छिन्। बिहिबार श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महामन्त्री चम्पत रायले मन्त्री सीतारमन र उनका परिवारका सदस्यहरुलाई मन्दिर परिसरको भ्रमण गराएका थिए र विभिन्न जानकारी दिएका थिए। मन्त्रीसँगै जिल्लाका प्रभारी मन्त्री सूर्य प्रताप शाही र प्रदेशका वित्त मन्त्री सुरेश खन्ना पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी