चण्डीगढ़, ०९ अक्टोबर (हि.स.)। पञ्जाब पुलिसले पर्वको सिजनमा ठूलो घटना हुने योजनालाई विफल पार्दै बब्बर खालसा समूहका दुई आतङ्कवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट दुई किलो आरडीएक्स पनि बरामद गरिएको छ।
पञ्जाब प्रहरी महानिरीक्षक गौरव यादवले बिहीबार जानकारी दिँदै भने कि पञ्जाब पुलिसको काउन्टर इन्टेलिजेन्स टोलीले पाकिस्तानको गोप्य संस्था आईएसआई समर्थित आतङ्कवादी संगठन बब्बर खालसा इन्टरनेशनलको एक मोड्युलको पर्दाफास गर्दै गुरजिन्दर सिंह र दीवान सिंहलाई पक्राउ गरेको छ। यो नेटवर्क यूके आधारित ह्यान्डलर निशान र आदेशमार्फत सञ्चालन हुँदै आएको थियो, जसलाई बीकेआईका मास्टरमाइन्ड हरविन्दर सिंह रिंदा द्वारा निर्देशन दिइएको थियो।
डीजीपीका अनुसार, पुलिसले हाल विस्फोटक कब्जामा लिएर अनुसन्धान सुरु गरेको छ। यी विस्फोटक आईएसआई समर्थित आतङ्कवादीहरूले पठाएका थिए। अनुसन्धानमा पत्ता लागेको छ कि यस विस्फोटकलाई ठूलो आतङ्कवादी हमलाको लागि प्रयोग गरिनु थियो। पुलिसले मुद्दा दर्ता गरी आगामी कारबाही सुरु गरिसकेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी