प्रधानमन्त्री मोदीले ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको सम्झौतालाई स्वागत गरे
प्रधानमन्त्री मोदीले ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको सम्झौतालाई स्वागत गरे


नयाँ दिल्ली, ९ अक्टोबर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणमा भएको सम्झौतालाई स्वागत गर्दै भनेका छन्, यसले क्षेत्रीय स्थायी शान्तिको बाटो खोल्नेछ। यो सम्झौता इजरायल र हमासबीच दुई वर्षदेखि चलिरहेको द्वन्द्वपछि भएको हो।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “हामी राष्ट्रपति ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा भएको सम्झौतालाई स्वागत गर्दछौं। यो इजरायली प्रधानमन्त्री नेतन्याहूको सशक्त नेतृत्वको पनि प्रतीक हो। हामी आशा गर्छौं कि बन्धकहरूको रिहाइ र गाजाका जनतालाई मानवीय सहयोगमा वृद्धि हुनेछ, जसले राहत दिलाउने र स्थायी शान्तिको बाटो प्रशस्त गर्नेछ।”

उल्लेखनीय छ, राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा गाजा शान्ति योजनाको पहिलो चरणको घोषणा गर्दै भनेका थिए, “मलाई यो घोषणा गर्न अत्यन्त गर्व छ कि इजरायल र हमास दुवैले हाम्रो शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका छन्।”

उनका अनुसार, यसले सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले बलियो, दीगो र स्थायी शान्तितर्फ पहिलो कदम चाल्दै सहमत सीमासम्म आफ्ना सैनिकहरू फिर्ता बोलाउनेछ। उनले थपे, “सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ। यो अरब र मुस्लिम विश्व, इजरायल, वरिपरिका सबै देशहरू र संयुक्त राज्य अमेरिकाका लागि एक महान दिन हो। हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूलाई धन्यवाद दिन्छौं, जसले यो ऐतिहासिक र अभूतपूर्व घटनालाई सम्भव बनाएका छन्।”

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande