इतिहासका पानाहरूमा १४ नोभेम्बर : जब भारतले चन्द्रमामा छोड्यो आफ्नो छाप
इतिहासका पानाहरूमा १४ नोभेम्बर : जब भारतले चन्द्रमामा छोड्यो आफ्नो छाप


नयाॅं दिल्ली, 13 नोभेम्बर (हि.स.)। देश र विश्वको इतिहासमा १४ नोभेम्बरको मिति भारतको अन्तरिक्ष अभियानको स्वर्ण युगको रूपमा अंकित छ। यही दिन सन् २००८ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले इतिहास रच्दै चन्द्रमाको सतहमा भारतको झण्डा गाडेको थियो। यो दिन भारतको पहिलो चन्द्र मिशन ‘चन्द्रयान–१’ को सफलता प्रतीक बन्न पुग्यो।

२२ अक्टोबर, २००८ मा प्रक्षेपण गरिएको चन्द्रयान–१ ले ३० अगस्त २००९ सम्म चन्द्रमाको परिक्रमा गर्‍यो। यस यानमा जोडिएको विशेष उपकरण ‘मून इम्प्याक्ट प्रोब’ (एमआईपी) १४ नोभेम्बर २००८ मा सफलतापूर्वक चन्द्र सतहमा अवतरण भयो। यस मिशनले भारतलाई अमेरिका, रूस र जापानपछि चन्द्रमामा आफ्नो उपस्थिति जनाउने विश्वको चौथो देश बनायो।

महत्वपूर्ण कुरा, यही मून इम्प्याक्ट प्रोबले चन्द्र सतहमा पानीको अस्तित्वको प्रमाण पत्ता लगाउन सफल भयो, जसले विश्वव्यापी रूपमा ठूलो वैज्ञानिक उपलब्धि प्रदान गर्‍यो। अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत भारतको यस उपलब्धिको प्रशंसा गरेको थियो।

चन्द्रयान–१ लाई चन्द्रमा पुग्न ५ दिन र कक्षामा स्थापन हुन १५ दिन लाग्यो। यस ऐतिहासिक यानको कल्पना पूर्व राष्ट्रपति र महान वैज्ञानिक डा. ए.पी.जे. अब्दुल कलामले गरेका थिए। उनले नै सुझाउ दिएका थिए कि भारतले चन्द्रमामा आफ्नो छाप छोड्नुपर्छ, र इस्रोका वैज्ञानिकहरूले उनको यो सपना साकार पारे।

यो मिशन भारतको वैज्ञानिक क्षमताको प्रमाण मात्र नभई अन्तरिक्ष अनुसन्धानमा भारतको स्थानलाई अझ सुदृढ बनाउने ऐतिहासिक उपलब्धि बन्यो। आज पनि १४ नोभेम्बर भारतका लागि गर्वको दिन हो, जब देशले साँच्चै चन्द्रमामा पाइला राख्यो।

महत्वपूर्ण घटनाक्रम

1380 - फ्रान्सका राजा चार्ल्सले १२ वर्षको उमेरमा राजगद्दी सम्हाले।

1681 - इस्ट इण्डिया कम्पनीले बंगाललाई पृथक् राज्य बनाउने घोषणा गर्‍यो।

1922 - ब्रिटिश ब्रडकास्टिङ्ग कर्पोरेशन (बीबीसी) ले बेलायतमा रेडियो सेवा शुरु गर्‍यो।

1955 - भारतमा कर्मचारी राज्य बीमा निगमको शुरुवात।

1964 - बाल दिवस मनाउने औपचारिक घोषणा।

1969 - अपोलो–१२ को प्रक्षेपण, जसले तीन अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्‍यायो।

1973 - बेलायतकी राजकुमारी एनले सामान्य नागरिकसँग विवाह गरिन्।

1999 - संयुक्त राष्ट्रसंघले तालिबानमाथि प्रतिबन्ध लगायो; राष्ट्रमण्डल सम्मेलनले पाकिस्तानलाई निलम्बन गर्‍यो।

2002 - चीनका राष्ट्रपति जियाङ जेमिनले राजीनामा दिए।

2006 - भारत र पाकिस्तानका परराष्ट्र सचिवहरूले नयाँ दिल्लीमा आतंकवादविरुद्ध संयन्त्र बनाउने सहमति गरे।

2007 - डेनमार्कका प्रधानमन्त्री एनद्रे फाग रासमुस्सेन तेस्रो पटक सत्तारोहण।

2008 - पूर्व केन्द्रिय मन्त्री र तृणमूल कङ्ग्रेसका नेता अजीत पाञ्जाको निधन।

2008 - मून इम्प्याक्ट प्रोब चन्द्र सतहमा अवतरण।

2008 - छत्तीसगढमा विधानसभा चुनावको पहिलो चरण सम्पन्न।

2009 - मण्डोर सुपरफास्ट एक्स्प्रेसका १५ डिब्बा जयपुरमा रेलमार्गबाट पटरी ओर्लिए, जसमा ६ जना मारिए।

जन्म

1889 - जवाहरलाल नेहरू, भारतका पहिलो प्रधानमन्त्री।

1922 - बुतरस घाली, संयुक्त राष्ट्रसंघका छैठौं महासचिव।

1926 - पीलू मोदी, स्वतन्त्र पार्टीका प्रमुख नेता।

1942 - इन्दिरा गोस्वामी, असमिया साहित्यकी अग्रज स्रष्टा।

1948 - प्रिन्स चार्ल्स, महारानी एलिजाबेथ द्वितीयका जेठा छोरा।

1992 - अमिया कुमार मलिक, भारतीय धावक।

1993 - विकास ठाकुर, भारतीय भारोत्तोलक।

1946 - पुखराज बफाना, बाल रोग विशेषज्ञ।

1948 - सिन्धुताई सपकाल, अनाथ बालबालिकाका लागि काम गर्ने मराठी सामाजिक कार्यकर्ती।

निधन

1967 - सी.के. नायडू, भारतका पहिलो टेस्ट क्रिकेट कप्तान।

1977 - भक्तिवेदन्त स्वामी प्रभुपाद, विख्यात गौडीय वैष्णव गुरु।

2008 - अजीत पांजा, पूर्व केन्द्रीय मन्त्री।

2010 - लक्ष्मीचन्द जैन, भारतीय अर्थशास्त्री।

2011 - शरदकुमार दीक्षित, भारतीय मूलका अमेरिकी शल्य चिकित्सक।

2013 - हरिकृष्ण देवसरे, प्रख्यात बाल साहित्यकार।

2021 - सत्यव्रत शास्त्री, संस्कृतका विद्वान् र कवि।

महत्वपूर्ण दिवस

बाल दिवस

राष्ट्रिय पुस्तक दिवस (सप्ताह)

विश्व मधुमेह दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande