
कोलकाता, 13 नोभेम्बर (हि.स.)। भारत र दक्षिण अफ्रिकाबीच शुक्रबारदेखि शुरु हुने क्रिकेट टेस्ट म्याचलाई ध्यानमा राख्दै कोलकाता पुलिसले शहरमा सुरक्षा व्यवस्था कड़ा पारेको छ। विशेष गरी इडेन गार्डन स्टेडियम र वरपर व्यापक सुरक्षा व्यवस्था गरिएको छ।
एक वरिष्ठ पुलिस अधिकारीले भने, होटलबाट अभ्यास मैदानसम्म यात्रा गर्दा दुवै टोलीको सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ। उनले खेलको पाँचै दिन कड़ा सुरक्षा व्यवस्था रहने बताए।
यसैबीच, कोलकाता पुलिसले 14 नोभेम्बरदेखि 18 नोभेम्बरसम्म मैदान क्षेत्र र इडेन गार्डन वरपर सवारी साधनको आवागमनलाई नियमन गर्न ट्राफिक एड्भाइजरी जारी गरेको छ।
अधिकारीले भने, खेलका दिनहरूमा बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म स्टेडियम क्षेत्र र वरपरका क्षेत्रहरूमा सबै मालवाहक सवारी साधनहरूको आवागमनलाई कड़ाइका साथ निषेध गरिने छ। सहज ट्राफिक प्रवाह सुनिश्चित गर्न सार्वजनिक यातायात मार्गहरू पनि परिवर्तन गरिने छन्।
पुलिस अधिकारीहरूले भीडको स्तर र वास्तविक परिस्थितिको आधारमा समय-समयमा ट्राफिक र सुरक्षा निर्देशिकाहरू परिवर्तन गर्न सकिने कुरा पनि स्पष्ट पारेका छन्। इडेन गार्डनमा भारत र दक्षिण अफ्रिका बीचको खेल क्रिकेट प्रशंसकहरूको लागि प्रमुख आकर्षणको विषय बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी