
गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। असमको शहर गुवाहाटीको भरलुमुख क्षेत्रमा छोरीको जन्मदिनमा खाना पकाउने क्रममा एक आवासीय घरमा भयानक आगो लाग्यो जसमा दम्पत्तिको मृत्यु भयो।
पुलिस प्रवक्ताले आइतवार बताए, दुर्घटना त्यसबेला भयो जतिबेला परिवारले आफ्नी छोरीको जन्मदिन मनाउने तयारी गरिरहेको थियो जसको लागि खाना पकाइरहेको थियो। प्रारम्भिक जाँचमा थाहा लागे अऩुसार ग्यास चुहिएर सिलेण्डरमा आगो लाग्यो जसले हेर्दा-हेर्दै सम्पूर्ण फ्ल्याटलाई आफ्नो कब्जामा लियो। घटनामा दम्पत्तिको जलेर मृत्यु भयो।
यसपूर्व स्थानीय मानिसहरूको सूचना पाउनसाथ पुलिस अनि अग्निशमन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे, तर त्यसबेलासम्ममा आगोले सबै कुरा नष्ट पारिसकेको थियो। मृतकहरूमा पम्पी चौधरी र उनका पति देबव्रत चौधरी सामेल छन्। अधिकारीहरूले ग्यास सिलेण्डरमा आएको खराबी र सुरक्षामा सम्भावित चूकको जाँच गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा