
पटना, 16 नोभेम्बर (हि.स.)। राष्ट्रिय जनता दल (राजद) सुप्रीमो लालू प्रसाद यादवको घरको आन्तरिक कलह अब बाहिरिएको छ। उनकी छोरी रोहिमी आचार्यले गम्भीर आरोप लगाएकी छन्। पहिला सोशल मीडियामा बयान दिएपछि फेरि एकपटक उनले आफ्नो कुरा साझा गरेकी छन्।
रोहिणी आचार्यले सोशल मीडिया एक्समा लेखेकी छन्, उनले आफ्ना पितालाई किडनी दिइन् जसलाई लिएर उनको घरमा विभिन्न प्रकारका आरोपहरू लगाइरहेका छन्। उनलाई गाली गरिँदैछ। उनले एकपटक फेरि आफ्नो भाइ र उसको हरियाणवी साथीलाई लक्षित गरेकी छन्।
रोहिणीले आफ्नो सोशल मीडिया ह्याण्डलमा लेखिन्, लाई हिजो गाली गर्दै भनियो कि म नराम्रो छु र मैले आफ्ना पितालाई नराम्रो किडनी दिएँ, कड़रौं रुपियाँ र टिकट लिएर मात्र किडनी दिएँ। सबै छोरी-चेलीहरू जो विवाहिता छन्, -लाई म भन्न चाहन्छु कि आफ्नो माइतमा दाज्यु-भाइ छ भने भुलेर पनि आफ्ना भगवानरूपी पितालाई नबचाउनु। आफ्नो दाज्यु-भाइ अर्थात घरको छोरालाई नै भन्नु कि उसले आफ्नो वा आफ्नो कुनै हरियाणवी साथीको किडनी लगाइदेओस्। सबै छोरी-चेलीहरूले आफ्नो घर-परिवारलाई हेरून्, आफ्ना माता-पिताको परवाह नगरि आफ्नो नानी, आफ्नो काम अनि आफ्नो ससुरालीलाई हेरुन्। आफ्नो बारेमा मात्र सोचुन्।मबाट त यो ठूलो अपराध भयो कि मैले आफ्नो परिवार, आफ्नी तीनजना नानीहरूलाई हेरिनँ, किडनी दिँदा आफ्नो पति, न आफ्नो ससुरालीबाट अनुमति लिएँ। आफ्नो भगवान, आफ्नो पितालाई बचाउनको लागि त्यो गरे जसलाई आज नराम्रो भनिँदैछ। तपाईहरू सबैले म जस्तो गल्ती नगर्नुहोला, कहिल्यै नगर्नु, कसैको घरमा रोहिणी जस्ती छोरी नहोस्।
रोहिणी आचार्यको उपरोक्त बयानबाट स्पष्ट हुन्छ कि लालू यादवको परिवारमा केही पनि सामान्य छैन। परिवारमा आन्तरिक कलह भइरहेको छ। यसपूर्व लालू यादलले आफ्नो जेठो छोरो तेजप्रताप यादवलाई पार्टी र परिवारबाट बहिष्कृत गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा