राष्ट्रिय प्रेस दिवसमा सुकान्त मजुमदारले व्यक्त गरे कृतज्ञता अनि गहिरो सम्मान
राष्ट्रिय प्रेस दिवसमा सुकान्त मजुमदारले व्यक्त गरे कृतज्ञता अनि गहिरो सम्मान


कोलकाता, 16 नोभेम्बर (हि. स.)। राष्ट्रिय प्रेस दिवसको अवसरमा भाजपा सांसद एवं केन्द्रिय मन्त्री सुकान्त मजुमदारले कृतज्ञता अनि गहिरो सम्मान व्यक्त गरेका छन्। यस सन्दर्भमा आइतवार उनले सोशल मीडिया एक्समा एउटा पोस्ट गरेका छन्।

आफ्नो पोस्टमा उनले लेखे, राष्ट्रिय प्रेस दिवसको यस विशेष अवसरमा म हाम्रो मीडिया परिवारप्रति आफ्नो हार्दिक कृतज्ञता अनि गहिरो सम्मान व्यक्त गर्दछु।

उनले लेखे, सत्यको खोजप्रति उनीहरूको (प्रेस) अटुट निष्ठा, जवाफदेहीप्रति अटुट प्रतिबद्धता औ समाजलाई जागरूक बनाउनमा उनीहरूको अथक प्रयासले हाम्रो लोकतन्त्रलाई निरन्तर सशक्त, अधिक पारदर्शी तथा प्रगतिशील बनाइरहेको छ। देशको प्रत्येक नागरिकलाई सशक्त बनाउने यस यात्रामा उनीहरूको भूमिका निःसन्देह अद्वितीय अनि प्रेरणादायक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande