राष्ट्रिय प्रेस दिवसमा पश्चिम बंगालका राज्यपालले पत्रकारहरूलाई दिए शुभकामना
राष्ट्रिय प्रेस दिवसमा पश्चिम बंगालका राज्यपालले पत्रकारहरूलाई दिए शुभकामना


कोलकाता, 16 नोभेम्बर (हि. स.)। राष्ट्रिय प्रेस दिवसको अवसरमा पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसले देशभरिका पत्रकार, रिपोर्टर, प्रेस फ़ोटोग्राफ़र, भीडियोग्राफ़र एवं मीडिया सहयोगीहरूलाई शुभकामना दिए। उनले भने, यी सबैले मिलेर लोकतन्त्रको “चौथो स्तम्भ”-लाई सशक्तता प्रदान गर्दछ।

राज्यपालले एक्स (पूर्वमा ट्विटर)-मा आइतवार जारी आफ्नो सन्देशमा लेखे, प्रत्येक वर्ष 16 नोभेम्बरमा राष्ट्रिय प्रेस दिवस मनाइन्छ जसले स्वतन्त्र अनि उत्तरदायी प्रेसको भूमिकालाई रेखांकित गर्दछ। यस दिनलाई प्रेस काउन्सिल अफ इण्डियाको स्थापनाको स्मरणमा मनाइन्छ जसले 1966 सालमा यसै दिन आफ्नो कार्य शुरू गरेको थियो।

राज्यपालले भने, प्रेसको दायित्व हो उसले समाचारहरूलाई भयरहित तथा सत्यतापूर्वक जनता सामु राखोस् ताकि मानिसहरूले “सत्य अनि केवल सत्य” जान्न सकुन्। उनले अझ भने, कुनै पनि लोकतान्त्रिक समाजको लागि स्वतन्त्र, निष्पक्ष तथा जवाफदेही प्रेस अत्यन्त आवश्यक छ जसले गलत सूचनाहरूलाई टाड़ा राखेर पारदर्शिता अनि जवाफदेहीलाई प्रेरित गर्दछ।

राज्यपाल बोसले आफ्नो सन्देशमा लेखे, राष्ट्रिय प्रेस दिवसले हामीलाई सम्झना गराउँछ कि देशको लोकतान्त्रिक व्यवस्थालाई सशक्त बनाउनमा मीडियाको भूमिका कतिसम्म महत्वपूर्ण छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande