‘असम आन्दोलन शहीद स्मारक’- को लोकार्पण 10 दिसम्बरमा हुनेछ: मुख्यमन्त्री
‘असम आन्दोलन शहीद स्मारक’- को लोकार्पण 10 दिसम्बरमा हुनेछ: मुख्यमन्त्री


गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असम आन्दोलन राज्यको इतिहासको एउटा अत्यन्त महत्वपूर्ण अध्याय हो जसले असमिया समाजका आकांक्षाहरू अनि संघर्षलाई अमर रूप दिएको छ।

मुख्यमन्त्रीले बताए, गुवाहाटीको बोरागाउँमा निर्माणाधिन असम आन्दोलन शहीद स्मारकलाई आगामी 10 दिसम्बरको दिन जनताप्रति समर्पित गरिनेछ। यो स्मारक असम आन्दोलनका ती सबै शहीदहरूको स्मरणमा बनाइँदैछ जसले आफ्नो भूमि, अस्मिता अनि सम्मानको रक्षाको लागि सर्वोच्च बलिदान दिए।

डा. हिमन्त बिस्व सरमाले भने, उनको सरकारले आन्दोलनका हरेक शहीदलाई सदैव विनम्रता एवं सम्मानको साथमा स्मरण गरिरहनेछ। उनले भने, शहीद स्मारक एउटा स्मृति स्थल मात्र होइन, साहस, त्याग र मातृभूमिप्रतिको अटुट प्रेमको प्रतीक पनि हो जसले भावी पिँढ़ीलाई शान्ति, एकता तथा न्यायका मूल्यहरूलाई अगाड़ि बढ़ाउनको लागि प्रेरित गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande