
कोलकाता, 20 नोभेम्बर (हि.स.)। राज्यमा जारी एसआईआर (विशेष गहन पुनरीक्षण) प्रक्रियाबीच लगातार यस्ता घटनाहरू घटिरहेका छन् जहाँ अवैध प्रवासीहरू भारतदेखि बंगलादेश फर्किरहेका छन्। सीमावर्ती क्षेत्रहरूमा यस किसिमका तस्वीरहरू देखिँदैछ। यसै पृष्ठभूमिमा भाजपा नेता दिलीप घोषले बिहीवार एक विवादस्पद बयान दिए। उनले भने, बीएसएफले बंगलादेशसितका सबै चेकपोस्टहरूलाई खोलिदिनुपर्छ।
बिहान पत्रकारहरूसित बातचित गर्दै घोषले भने, देशभरि नै एसआईआर भइरहेको छ, तर कतै पनि कुनै समस्या भएको छैन। बंगालमा मात्र मानिसहरू मरिरहेका छन्।
उनले भने, “म भन्छु कि बीएसएफले बंगलादेशसितको हाम्रो सबै चेकपोस्टलाई खोलिदिनुपर्छ। बंगलादेश गइरहेका मानिसहरूलाई त्यहीं छोड़िदिनुपर्छ, यहाँ आउने अनुमति दिनु हुँदैन। बंगालको जनसंख्या 10-20 लाखसम्म घटाउने अवसर यही हो।”
उल्लेखनीय छ, एसआईआर शुरू भएदेखि यता केही सीमावर्ती क्षेत्रहरूमा कथित बंगलादेशी नागरिकहरू आफ्नो देश फर्किरहेका दृश्यहरू देखिँदैछ।विशेष गरी सवरूप नगर सीमामा यस्ता घटनाहरू घटिरहेका छन्। यस्तै स्थितिलाई देखेर दिलीप घोषले दिएको यो बयान राजनीतिक रूपमा महत्वपूर्ण र चर्चाको विषय बन्न पुगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा