
कोलकाता, 20 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर) अन्तर्गत मतदाता सूचीमा सुधारको प्रक्रियालाई यसै महिनाको अन्तसम्ममा पूर्ण गर्नको लागि निर्वाचन आयोग (ईसीआई)-ले बूथ स्तरीय अधिकारीहरूको लागि प्रतिदिन डिजीटाइजेशनको नयाँ लक्ष्य निर्धारण गरेको छ।
ईसीआईको निर्देश अनुसार प्रत्येक बीएलओले प्रतिदिन 150 वटा भरेका एन्युमरेशन फारमहरूलाई आयोगको विशेष एपमा अपलोड गर्नुपर्छ। आयोगको यस निर्णय पछाड़िको उद्देश्य रहेको छ, राज्यमा फारमहरूको डिजीटाइजेशनलाई नोभेम्बर महिनाको अन्तसम्ममा पूरा गर्न सकियोस्।पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयका एकजना अधिकारीले बताए, यो लक्ष्य त्यै समय-सीमालाई ध्यानमा राखेर तय गरिएको हो।
राज्यमा एसआईआरको लागि 80 हजार 681 जना बीएलओहरू नियुक्त गरिएको छ। सीईओ कार्यालयको आँकड़ा अऩुसार गए बुधवार साँझ 6 बजेसम्ममा राज्यमा लगभग 1.48 कड़ोर एन्युमरेशन फारमहरूको डिजीटाइजेशन पूरा भइसकेको थियो जुन अहिलेसम्म वितरित 7 कड़ोर 64 लाख 11 हजार 983 फरमहरूको लगभग 19 प्रतिशत हो।
वर्तमानमा एसआईआर प्रक्रिया देशका 12 वटा राज्य अनि केन्द्रशासित प्रदेशहरूमा भइरहेको छ। यो सम्पूर्ण अभियान आगामी वर्षको मार्च महिनासम्ममा पूर्ण हुने आशा छ। ताजा आँकड़ा अनुसार पश्चिम बंगालको 19 प्रतिशत डिजीटाइजेशन अन्य राज्यहरूको तुलनामा कम हो। गोवामा यो दर 48.50 प्रतिशत, राजस्थानमा 40.90 प्रतिशत, मध्य प्रदेशमा 22.23 प्रतिशत औ गुजरातमा 20.88 प्रतिशत दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा