
कोलकाता, 20 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल कृषि तथा संसदीय कार्य मन्त्रीले बिहीवार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको नाम उच्चारण नगरी आरोप लगाएका छन्, उनको दुईजना नजिकका आफन्तहरूलाई महत्वपूर्ण पद अनि लाभकारी नियुक्ति दिलाइएको छ जसबाट निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठिरहेको छ।
कृषि तथा संसदीय कार्य मन्त्री शोभनदेब चट्टोपाध्यायले बिहीवार भने, निर्वाचन आयोग एक स्वायत्त संवैधानिक संस्था हो र यसको स्वतन्त्रता एवं निष्पक्षता हुनु अनिवार्य छ। उनले आरोप लगाए, जुन व्यक्तिको नेतृत्वमा यो संस्थाले काम गरिरहेको छ ती व्यक्तिका आफन्तहरूले लाभकारी पद पाएका छन्। मन्त्रीले भने, घूस स्वीकार गर्ने वा आफ्नो सिद्धान्तमा लापरवाही गर्ने व्यक्तिले कुनै ठोस योगदान दिन सक्दैन।
अर्कोतिर भारतीय जनता पार्टी (भाजपा)-ले उपरोक्त आरोपको घोर विरोध गरेको छ। उत्तर चौबीस परगनाको ब्यारकपुर लोकसभा क्षेत्रबाट पूर्व सांसद अर्जुन सिंहले मन्त्रीलाई चुनौती दिए, यदि आरोप सही हो भने उच्चतम न्यायालयमा गएर त्यसलाई सही सिद्ध गरोस्। बंगालमा भाजपाका प्रदेश महासचिव जगन्नाथ चट्टोपाध्यायले भने, मन्त्रीको वक्तव्यबाट स्पष्ट हुन्छ कि तृणमूल कंग्रेस मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर भयभित भएको छ, किनभने यसबाट कैयौं अवैध बंगलादेशी तथा रोहिंग्या अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट हट्नसक्छ। उनले भने, तृणमूल कंग्रेसका नेताहरूमा मुख्यमन्त्री ममता ब्यनर्जी समक्ष आफ्नो नइष्टा देखाउने होड़ चलिरहेको छ।
यसपूर्व मुख्यमन्त्री र पार्टी महासचिव अभिषेक ब्यनर्जी सहित केही तृणमूल नेताहरूले आरोप लगाएका थिए, निर्वाचन आयोगले भाजपाको प्रभावमा काम गरिरहेको छ र एसआईआरको नाममा राज्यमा भयपूर्ण वातावरण उत्पन्न गरिरहेको छ। उनीहरूले आत्महत्या र आत्महत्याको प्रयासको निम्ति पनि आयोगलाई जिम्मेवार ठहराएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा