तीन नबालिक किशोरीहरू बेपत्ता, परिवार चिन्तित
तीन नबालिक किशोरीहरू बेपत्ता, परिवार चिन्तित


सिलगढ़ी, 20 नोभेम्बर (हि. स.)। शहरबाट तीनजना नाबालिक किशोरीहरू रहस्यमय ढंगमा बेपत्ता भएका छन्। घटनाको सिकायत बिहीवार पीड़ित परिवारको पक्षबाट प्रधान नगर पुलिस थानामा दर्ता गरिएको छ। बेपत्ता भएका बालिकाहरूमा दीपा राय, मोनिका सरकार औ प्रियंका शील सामेल छन्। सिलगढ़ी नगरनिगमको एक नम्बर वार्डको पञ्चनान कलोनी निवासी सबै छात्राहरू कवि सुकान्ता हाई स्कूलमा अध्ययनरत् छन्।

पीड़ित परिवारको पक्षबाट बताइए अनुसार तीनैजना गए बुधवार आफ्नो एकजना साथीको जन्मदिन मनाउनको लागि घरबाट गएका थिए, त्यसपछिदेखि घरमा फर्केर आएका छैनन्।

सूत्र अनुसार नाबालिक छोरीहरूलाई अन्तिम पटक बुधवार अपरान्ह कवि सुकान्ता स्कूल सामु देखिएको थियो। अर्कोतिर पीड़ित परिवारको सिकायतको आधारमा प्रधान नगर पुलिसले जाँच शुरू गरेको छ। हाल पुलिसले शहरको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande