सरस्वती विद्या निकेतन रानीपुलमा 'सप्तशक्ति संगम' आयोजित
सरस्वती विद्या निकेतन रानीपुलमा 'सप्तशक्ति संगम' आयोजित


गान्तोक, 20 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको मार्गदर्शनमा गत 5 अक्टोबर, 2025 देखि देशव्यापी रूपमा 'सप्तशक्ति संगम' आयोजना भइरहेको छ। यस क्रममा बिहिवार विद्या भारती सिक्किम प्रान्त अन्तर्गत सरस्वती विद्या निकेतन, रानीपुलमा सप्तशक्ति संगम आयोजन गरियो। कार्यक्रममा सिक्किम विश्वविद्यालयका प्राद्यापक डा. विनू पन्थ मुख्य अतिथि थिए।

कार्यक्रममा बोल्दै डा. पन्थले भारतीय संस्कार, व्यवहार, मूल्यबोधमा नारीहरूको स्थान रहेको बताउॅंदै भने, छोरीहरू राष्ट्रका धुरी हुन्। हाम्रो परम्परा भनेको मातृ शक्तिलाई सशक्त र शिक्षित बनाउॅंदै सम्मानका साथ घर परिवार र राष्ट्र निर्माणमा अगाडि बढ़ाउने हो। आध्या​त्मा, संस्कार, मधुर वाणी, कुटुम्ब प्रबोधन, स्वदेशी वातावरण, विचार, धैर्य सबै समेटेर भावी पुस्तालाई अगाडि बढ़ाउनु पर्छ।

यसरी नै सभाध्यक्षका रूपमा उपस्थित पुलिस निरीक्षक दीपा शर्माले भनिन्, आमाहरूको घर र समाजमा ठूलो भूमिका छ। सबैलाई सम्हाल्दै आफूलाई पनि समय दिनुपर्छ, आफ्नो क्षमतालाई पनि बढ़ाउनु पर्छ, विकासको कार्यमा लाग्नुपर्छ, कौशलात्मक कार्यहरूमा लागेर प्रेरणास्रोत बन्ने संकल्प गर्नुपर्छ।

उनले सामाजिक सञ्जालबारे बोल्दै भनिन्, सामाजिक सञ्जालका कारण नकारात्मक कुराहरू, लोभ र लालचमा परेर विभिन्न घटनाहरू भइरहेका छन्। पैसा, ब्याङ्क, लेनदेन र​ विभिन्न दस्तावेजहरूको जानकारी साझा गर्नु हुॅंदैन। नानीहरूलाई संस्कार, स्नेह, अनुशासन र ज्ञानका कुराहरू सिकाउनुपर्छ।

कार्यक्रममा 90 भन्दा धेरै महिलाहरू उपस्थित थिए। यस अवसरमा समाज र शिक्षा संस्थानहरूमा उल्लेखनीय योगदान दिॅंदै आइरहेका आमाहरूलाई सम्मानित गरियो। कार्यक्रममा सामूहिक गीत, चर्चा, प्रश्नोत्तर आदि जस्ता गतिविधिहरू पनि सम्पन्न गरियो। मातृशक्तिद्वारा माताहरूका लागि समर्पित यस कार्यक्रममा अखिल भारतीय विद्या भारतीकी संयुक्त सचिव पवित्र दाहाल, विद्यालयकी प्रधानाचार्य विद्या लामा, विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरि शंकर शर्मा, महामन्त्री विजय कुमार शर्मा संयोजक मोहन शर्मा आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande