मुख्यमन्त्रीले एसआईआर प्रक्रियालाई रोक्ने माग गर्दै चुनाउ आयोगलाई पत्र पठाइन्
मुख्यमन्त्रीले एसआईआर प्रक्रियालाई रोक्ने माग गर्दै चुनाउ आयोगलाई पत्र पठाइन्


कोलकाता, 20 नभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियालाई तत्काल रोक्ने माग गर्दै चुनाउ आयोगलाई पत्र लेखेकी छन्। बिहीवार लेखेको पत्रमा उनले बूथ स्तरीय अधिकारीहरूको कठिन परिस्थिति तथा अपर्याप्त संसाधनहरूको उल्लेख गर्दै भनिन्, यतिको कम समयमा यस्तो महत्वपूर्ण कार्यलाई पूरा गर्नु सम्भव छैन र यसबाट गम्भीर त्रुटिहरूको आशंका कायम रहन्छ जसको परिणाम आम मानिसहरूले भोग्नु पर्नेछ।

मुख्यमन्त्रीले केन्द्रिय निर्वाचन आयोगलाई पठाएको पत्रमा कोलकातास्थित मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयको पनि आलोचना गरिन्। उनले पत्रमा लेखेकी छन्, यस कठिन परिस्थितिमा सहयोग वा समय सीमा बढ़ाउनको सट्टा सीईओ कार्यालयले ‘डर देखाउने-धम्काउने’ गरिरहेको छ। मुख्यमन्त्रीको भनाइ छ, आयोगले धरातलीय वास्तविकतालाई बुझ्न अस्वीकार गरिरहेको छ। मुख्यमन्त्रीले आग्रह गरेकी छन्, वर्तमान स्थितिलाई मध्यनजर गर्दै एसआईआर प्रक्रियालाई तुरून्त रोकियोस् ताकि बीएलओमाथि दबाव कम होस् अनि मतदाता सूची पुनरीक्षण कार्य सही ढंगमा पूरा हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande