नाम्चीमा 'माइन्डफुल थर्सडे' पालन गरियो
नाम्चीमा 'माइन्डफुल थर्सडे' पालन गरियो


गान्तोक, 20 नोभेम्बर (हि.स.)। नाम्ची जिल्ला प्रशासनिक केन्द्रले नाम्ची जिल्ला पुलिसको संयुक्त तत्वावधानमा आज केन्द्र परिसरमा 'माइन्डफुल थर्सडे' पालन गऱ्यो। कार्यक्रममा पुलिस अधीक्षक कर्म ग्याम्चो भोटिया, अतिरिक्त जिल्लापाल सुभाष घिमिरे, एसडीएम निम पिन्चो भोटिया, एसडीएम वाङ्ग्याल शेर्पा, विभागीय प्रमुखहरू र कर्मचारीहरू उपस्थित थिए।

जिल्लापाल अनुपा तामलिङको निर्देशनमा प्रत्येक बिहिवार नाम्ची जिल्लामा 'माइन्डफुल थर्सडे' पालन गरिने छ, जस अन्तर्गत प्रत्येक विभागले हरेक हप्ता एक गतिविधि आयोजन गर्नु पर्नेछ। यस क्रममा यस हप्ता नाम्ची जिल्ला पुलिसले कार्यक्रम आयोजना गऱ्यो।

यो पहलले सांस्कृतिक जागरूकता प्रवर्द्धन गर्ने, सामुदायिक बन्धनलाई सुदृढ़ पार्ने र दैनिक जीवनमा परम्परागत अभ्यासहरूको संरक्षणको महत्त्वलाई जोड़ दिने लक्ष्य राखेको छ। सांस्कृतिक प्रस्तुतिको क्रममा पुलिस विभागले सिक्किमको जीवन्त सांस्कृतिक धरोहर प्रदर्शिदत गर्दै परम्परागत मारुनी नृत्य र गीत प्रस्तुत गऱ्यो।

समुदायमा निरन्तर एकता र सद्भावलाई बढावा दिँदै आफ्नो सांस्कृतिक परम्परालाई कायम राख्न र मनाउन सबै सहभागीहरूलाई प्रोत्साहित गर्ने सन्देशका साथ कार्यक्रम समाप्त भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande