
कोलकाता, 20 नोभेम्बर (हि.स.)। बिहारमा नयाँ सरकार गठन भएकोमा पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बिहीवार सोशल मीडिया एक्समा शुभकामना दिए। उनले बिहारका मुख्यमन्त्रीको रूपमा नीतीश कुमारले शपथ ग्रहण गरेकोमा हार्दिक बधाई दिए।
आफ्नो पोस्टमा भाजपा विधायक शुभेन्दु अधिकारीले लेखे, आज पटनाको ऐतिहासिक गान्धी मैदानमा माननीय श्री नीतीश कुमारजीले बिहारका मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकोमा हार्दिक बधाई। यसको साथै उनले बिहारका दुवै नवनियुक्त उपमुख्यमन्त्रीद्वय सम्राट चौधरी र विजयकुमार सिन्हालाई पनि पदभार ग्रहण गरेकोमा शुभकामना दिए। यस अतिरिक्त मंगल पाण्डेय र भाजपा प्रदेश अध्यक्ष दिलीप जयसवाललाई क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिए।
शुभेन्दु अधिकारीले नयाँ एनडीए सरकारबाट आशा राख्दै लेखे, उनको नेतृत्वमा बिहारका जनताको सेवा अऩि विकासको नयाँ संकल्प पूर्ण हुनेछ। उनले भने, तपाईको नेतृत्वमा एऩडीए सरकारले बिहारको प्रगतिलाई नयाँ उचाईँमा लैजाने प्रयास गर्नेछ।
बिहारमा भएको राजनीतिक गतिविधिलाई लिएर राष्ट्रिय स्तरमा प्रतिक्रियाहरू आइरहेका छन्। यसै क्रममा शुभेन्दु अधिकारीको यो सन्देश चर्चामा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा