
कोलकाता, 20 नोभेम्बर (हि. स.)। भरतपुरबाट तृणमूल कंग्रेसका विद्रोही विधायक हुमायुँ कबीरले बिहीवार बिहान मीडियासिता बातचित गर्दै दाबी गरे, आगामी 6 दिसम्बरको दिन मुर्शिदाबादको बेलडांगामा ‘बाबरी मस्जिद’- को शिलान्यास गरिनेछ।
सोही दिन कोलकातामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी र तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले ‘संहति दिवस’ (एकता दिवस)- को कार्यक्रमलाई सम्बोधन गर्नेछन्। यो कार्यक्रम बाबरी मस्जिद विध्वंसको वर्षगाँठमा आयोजना गरिँदैछ। यसको उद्देश्य एकता तथा साम्प्रदायिक सौहार्दको सन्देश दिनु हो।
कबीरले भने, आगामी 6 दिसम्बरको दिन कोलकातामा हुने तृणमूल कंग्रेसको कार्यक्रममा उनी सामेल हुन सक्ने छैनन्। किनभन् त्यै दिन बेलडांगामा हुने शिलान्यास समारोहमा उनी व्यस्त रहनेछन्।
राज्यमा भइरहेको स्पेशल इन्टेन्सिभ रिभीजन अभियानबीच यो राजनीतिक गतिविधि तीव्र भएको छ जसमा राजनीतिक सन्देश र भविष्यका रणनीतिक संकेतहरू पनि देख्न सकिने छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा