असमको शोणितपुर जिल्लामा पाँचजना मानिसहरू विदेशी घोषित
असमको शोणितपुर जिल्लामा पाँचजना मानिसहरू विदेशी घोषित


शोणितपुर, 20 नोभेम्बर (हि.स.)। असमको शोणितपुर जिल्लास्थित धोवाकटा गाउँका पाँचजना मानिसहरूलाई विदेशी न्यायाधिकरण (एफटी-2)-ले विदेशी घोषणा गरेको छ।

आधिकारिक जानकारी अनुसार विदेशी घोषित मानिसहरूमा फातिमा बीबी, मनोवारा बेगम, हनूफा बेगम, मरियम नेसा औ अमजद अली सामेल छन्। यिनीहरू सबैलाई अलग-अलग विदेशी न्यायाधिकरण मामिला क्रमशः 5, 6, 7, 8 र 9 (2025)-मा चिन्हित गरिएको हो।

शोणितपुरका जिल्ला आयुक्त एवं जिल्ला दण्डाधिकारी आनन्द कुमार दासद्वारा जारी आदेश पश्चात न्यायाधिकरणले यिनीहरूलाई विदेशी ठहर गर्दै भने, यिनीहरूको उपस्थिति असम लगायत सम्पूर्ण भारतमा लोकहित तथा आन्तरिक सुरक्षाको लागि हानिकारक छ। ‘इमिग्रेन्ट एक्सपल्शन फ़्रम असम एक्ट, 1950’ अन्तर्गत यिनीहरूलाई 24 घण्टाभित्रमा धुबड़ी, श्रीभूमि, दक्षिण सालमारा वा मानकाचरको मार्ग भएर राज्य तथा देशको सीमाना छोड़्ने निर्देश दिइएको छ।

यो मामिला मूल रूपमा सीमा पुलिसद्वारा वर्ष 2006-मा दर्ता मामिलासित सम्बन्धित छ। प्रशासनले स्पष्ट पाऱ्यो, यदि यी मानिसहरूले निर्धारित समयमा देश छोड़्ने आदेश मानेनन् भने कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande