कश्मीर टाइम्सको कार्यालयमा एसआईएको छापा, देश विरोधी गतिविधिलाई बढ़ावा दिएको आरोप
कश्मीर टाइम्सको कार्यालयमा एसआईएको छापा, देश विरोधी गतिविधिलाई बढ़ावा दिएको आरोप


जम्मू, 20 नोभेम्बर (हि.स.)। जम्मू र कश्मीर पुलिसको स्टेट इन्भेस्टिगेसन एजेन्सी (एसआईए) ले बिहिबार देशविरोधी गतिविधिलाई बढावा दिएको आरोपमा कश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ।

एक अधिकारीका अनुसार, समाचारपत्रविरुद्ध राष्ट्रिय हित विपरीतका गतिविधिहरूको महिमामण्डन गरेको अभियोग दर्ता गरिएको छ। छापामारीका क्रममा एसआईएको टोलीले समाचारपत्रको कार्यालय र कम्प्युटरहरू विस्तृतरूपमा जाँच गर्‍यो। यस मामिलामा प्रकाशन र यसका प्रवर्धकहरूविरुद्ध मुद्दा दर्ता गरिएकोले उनीहरूसँग पनि सोधपुछ हुन सक्ने बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande