‘एक भारत, श्रेष्ठ भारत’ थीममा सजियो रलेवेको पवेलियन, मोडल्स तथा श्री डी बन्यो मानिसहरूको आकर्षणको केन्द्र
‘एक भारत, श्रेष्ठ भारत’ थीममा सजियो रलेवेको पवेलियन, मोडल्स तथा श्री डी बन्यो मानिसहरूको आकर्षणको केन्द्र


- प्रगति मैदानमा आयोजित 44औं अन्तर्राष्ट्रिय व्यापार मेलेमा भारतीय रेलवे बन्यो सबैभन्दा ठूलो आकर्षणको केन्द्र

- हल नम्बर 4 र 5 मा रेलवेले आफ्नो नयाँ प्रोजेक्ट, हाई स्पीड ट्रेन तथा अन्य याेजनाहरूलाई पनि देखाइरहेको छ

नयाँ दिल्ली, 20 नोभेम्बर (हि.स.)। दिल्लीको प्रगति मैदानमा आयोजित 44औं अन्तर्राष्ट्रिय व्यापार मेलामा यसपालि भारतीय रेलवे सबैभन्दा ठूलो आकर्षणको केन्द्र बनेको छ। हल नम्बर 4 र 5-मा रहेको रेलवेको यस पवेलियनमा मानिसहरू बिहानदेखि साँझसम्मै ठूलो संख्यामा पुगिरहेका छन्। सम्पूर्ण पवेलियनलाई ‘एक भारत-श्रेष्ठ भारत’ थीममा तयार गरिएको छ जहाँ रेलवेले आफ्नो नयाँ प्रोजेक्ट, हाई स्पीड ट्रेन तथा आगामी योजनाहरूलाई अत्यन्त सहज अनि चाखलाग्दो प्रकारले देखाएको छ।

यहाँ वन्दे भारत, अमृत भारत, नमो भालाई प्रधानमन्त्री नरेन्द्र मोदीले त्रिवेणी नाम दिएका छन्। यसै रूपमा हाइड्रोजन ट्रेन र वन्दे भारत स्लीपर ट्रेनको मोडलले मानिसहरूलाई सबैभन्दा अधिक आकर्षित गरिरहेको छ। युवाहरूलाई यी मोडलहरूसित फोटो खिचिरहेको देख्न सकिन्छ। रेलवेका पुराना पत्रिकाहरूलाई पनि यहाँ राखिएको छ जुन 1960 सालदेखि प्रकाशित हुँदै आएको छ। साथै पीआर जोनमा एक विशेष अनुभव केन्द्र बनाइएको छ जहाँ मानिसहरूले थ्री डी टेक्नोलजीको सहयोगले यस्तो महसूस गर्दछन् जस्तो कि उनीहरूले कश्मीरमा हिउँहरूको माझमा यात्रा गरिरहेका छन्।

यस पवेलियनको सबैभन्दा विशेष कुरा देशका भिन्न-भिन्न भागहरूमा निर्माणाधिन रेलवेको वृहत प्रोजेक्ट मोडल रहेको छ। विश्वको सबैभन्दा अग्लो चेनाब ब्रिजको मोडलले हरेक व्यक्तिको ध्यान आकर्षण गरिरहेको छ। 359 मीटर अग्लो यो पुल एफिल टावरभन्दा 35 मीटर अग्लो छ जसले भारतीय इञ्जीनियरिंगको शक्ति प्रदर्शन गर्दछ। यसरी नै पूर्वोत्तरमा निर्माणाधिन बैराबी साएरंग प्रोजेक्ट तथा मिजोरममा निर्माणाधिन सबैभन्दा अग्लो पिलर भएको ब्रिजलाई पनि मानिसहरूले मनपराइरहेका छन्। दक्षिण भारतको प्रसिद्ध पंबन ब्रिजको मोडललाई पनि यहाँ राखिएको छ जसले समुद्रमाथि चल्ने ट्रेनको अद्भुत तकनिकलाई देखाउँछ।

रेलवेको पवेलियनमा इन्टरएक्टिभ क्विज, डिजिटल सेल्फी पोइन्ट र चेनाब ब्रिजको थ्री डी अनुभवलाई पनि मानिसहरूले रुचाइरहेका छन्। रेलवे अधिकारीहरूको भनाइ छ, यस प्रदर्शनीको उद्देश्य मानिसहरूलाई यो बुझाउनु हो कि भारतको रेल कुन गतिमा परिवर्तन भइरहेको छ र आगामी दिनमा यात्रीहरूलाई कति उन्नत तथा द्रूत सेवा प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande