आरामबाग महकुमामा समीक्षा बैठक, जिल्लाधिकारीले विभागहरूलाई समयबद्ध ढंगमा कार्य पूरा गर्ने निर्देश दिए
आरामबाग महकुमामा समीक्षा बैठक, जिल्लाधिकारीले विभागहरूलाई समयबद्ध ढंगमा कार्य पूरा गर्ने निर्देश दिए


हुगली, 20 नोभेम्बर (हि.स.)। आरामबाग महुकमा कार्यालयमा जिल्लाधिकारी हुगलीको अध्यक्षतामा गए बुधवार अपरान्ह एक उपखण्ड स्तरीय समीक्षा बैठक आयोजना गरियो। बैठकमा एडीएम जिल्ला परिषद, एडीएम एलआर, एडीएम डेभलपमेन्ट, एसडीओ आरामबाग, सीएमओएच हुगली समेत विभिन्न वरिष्ठ जिल्ला अधिकारीहरू उपस्थित थिए।

बैठकमा विभिन्न लाइन विभागहरूका प्रमुख अधिकारी पनि सामेल भए जसमा पीडब्ल्यूडी कन्स्ट्रक्शन डिभीजन, पीडब्ल्यूडी सोशल सेक्टर औ पीडब्ल्यूडी हाइवे डिभीजनका कार्यकारी अभियन्ताहरू उपस्थित थिए। डब्ल्यूबीएसईडीसीएलका इ़ञ्जीनियरहरू पनि बैठकमा उपस्थित थिए। बैठकमा आरामबाग महकुमामा विद्युत उतार-चढ़ावसित सम्बन्धित मुद्दाहरूमाथि विस्तारपूर्वक चर्चा गरियो। जिल्लाधिकारी हुगलीले निर्देश दिए, सबै विभागले आफ्नो कार्य निर्धारित समय-सीमाभित्र गुणस्तरीय रूपमा पूरा गरोस्। उनलेयो पनि स्पष्ट पारे, सबै परियोजनाहरूको पुनः समीक्षा स्वयं डीएमद्वारा गरिनेछ।

बैठकमा किशोरीहरूमा गर्भधारण, टीकाकरण तथा स्वास्थ्य विभागसित सम्बन्धित विभिन्न मुद्दहरूमाथि चर्चा गरियो। जिल्लाधिकारीले बीडीओ, बीमओएच औ सीपीडीओलाई समन्वय राखेर स्वास्थ्य संकेतकहरूमा सुधार ल्याउने निर्देश दिए।

यस अतिरिक्त विकासमूलक योजनाहरू जस्तै बंगलार बाड़ी, आमादेर पाड़ा आमादेर समाधान आदिको प्रगतिको समीक्षा पनि गरियो। डीएमले सबै बीडीओ तथा सम्बन्धित अधिकारीहरूलाई यी योजनाहरूलाई समयमै पूरा गर्ने निर्देश दिए।

गए बुधवार साँझ एक विज्ञप्ति जारी गरी जिल्ला सूचना एवं संस्कृति विभागद्वारा बताइयो, बैठकको मुख्य उद्देश्य विभागीय कार्यहरूको प्रगतिको मूल्याकंन, जनतासित सम्बन्धित समस्याहरूको समाधान तथा महत्वपूर्ण योजनाहरूलाई तीव्र एवं प्रभावकारी ढंगमा अगाड़ि बढ़ाउनु थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande