
बीरभूम, 20 नोभेम्बर (हि. स.)। राज्यभरि नै एसआईआर (विशेष गहन पुनरीक्षण)- को प्रक्रिया जारी छ। आम मानिसहरूको सुविधाको लागि तृणमूल कंग्रेसद्वारा जिल्लामा एसआीआर क्याम्प खोलिएको छ। तर बिहीवार सिउड़ीमा आयोजित यस्तै एउटा क्याम्पमा ठूलो बबाल मचियो। आरोप छ, सांसद शताब्दि रायको उपस्थितिमा तृणमूल कंग्रेसका दुई गुट आपस्तमा भिड़ियो। स्थिति जुत्ता फाल्नेसम्म पुग्यो। यतिकैमा एउटा जुत्ता सांसदको वाहनमा पुग्यो।
घटना सिउड़ी–2 नम्बर ब्लकको कोमा ग्राम पञ्चायतस्थित गांगटे गाउँमा भएको हो जहाँ एसआईआरलाई लिएर एक बैठक आयोजना गरिएको थियो। आरोप छ, बैठकमा तृणमूलका क्षेत्रीय अध्यक्ष बलराम बागदीविरूद्ध स्थानीय मानिसहरू आक्रोशित भए। विरोध बढ़्दै गएपछि माहोल तातियो अन्ततः विवाद पार्टीकै दुई गुटमाझ भिड़न्तमा परिणत भयो।
स्थितिलाई सम्हाल्नको लागि सांसद शताब्दि रायले बलराम बागदीलाई आफ्नो वाहनमा बसाएर त्यहाँबाट अन्यत्र लैजाने चेष्टा गरिन्, तर यसले झन् भीड़लाई उग्र बनायो। केही मानिसहरू लौरो, बाँसको भाटा बोकेर घटनास्थल तर्फ दौड़िए अनि भागदौड़बीच जुत्ता हानाहान भयो। हेर्दा-हेर्दै क्षेत्र तनाउग्रस्त भयो।
तथापि सांसद शताब्दि रायले दाबी गरिन्, यस अराजकताको पछाड़ि तृणमूल होइन, भाजपा र माकपा समर्थकहरू छन्। विपक्षीका कार्यकर्ताहरूले नै त्यस दिन बबाल गर्न आएका थिए। उनले स्पष्ट पारिन्, यस घटनाको चुनाउमाथि कुनै प्रभाव पर्नेछैन।
उल्लेखनीय छ, सिउड़ी–2 नम्बर ब्लकमा तृणमूल कंग्रेसको आन्तरिक गुटबाटी कुनै नौलो कुरा होइन। ब्लक अध्यक्ष नुरूल इस्लामलाई जिल्ला सभाधिपति काजल शेखको निकटवर्ती मानिन्छ भने क्षेत्रीय अध्यक्ष बलराम बागदी तृणमूल नेता अनुब्रत मण्डलको खेमासित जोड़िएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा