जङ्गूको साफो गुम्पामा घरदैलामा प्रशासन कार्यक्रम सम्पन्न
जङ्गूको साफो गुम्पामा घरदैलामा प्रशासन कार्यक्रम सम्पन्न


जङ्गू, 20 नोभेम्बर (हि.स.)। घरदैलोमा प्रशासनको चौथो प्रकरण आज साफो र सलिम पाक्येलका जनताको लागि साफो गुम्पामा सम्पन्न गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित र क्षेत्र विधायक पिन्चो नामग्याल लेप्चाको अगुवाईमा आयोजना भइरहेको यस पहलको उद्देश्य जनतासम्म प्रत्यक्षरूपमा सुविधाहरूको पहुॅंच सुनिश्चित गर्नु रहेको छ।

मानिसहरूको दस्तावेज, भूमि सेवा र कल्याणकारी सहयोगको द्रुत सहजीकरणसँगै कार्यक्रमले प्रशासनिक दूरी तोड्दै प्रशासनलाई सिधै नागरिकको ढोकामा पुर्‍याउने आफ्नो लक्ष्यलाई पुन: पुष्टि गरेको बताइएको छ। आजको कार्यक्रमको थप विशेषताहरू मध्ये आईटीबीपीद्वारा जनताको हितको लागि आयोजित नि:शुल्क चिकित्सा शिविर र पशु चिकित्सा शिविर थियो।

पासिङदाङ बीएसीद्वारा एसडीएम कार्यालय, जङ्गूद्वारा विभिन्न प्रमुख लाइन विभागहरूको समर्थनमा आयोजित उक्त कायक्रम जनता प्रथम शासनप्रति सरकारको प्रतिबद्धताको शक्तिशाली पुष्टिकरण रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande