
ऊना, 20 नोभेम्बर (हि.स.)। जिल्लामा जन्मदिनको पार्टीमा भएको गोलीबारीले पूरा क्षेत्रमा खैलाबैला मच्चेको छ। बुधवार अबेर राति भएको यस घटनामा सन्तोषगढ़ निवासी आशु पुरीको घटनास्थलमै मृत्यु भयो जबकि अन्य दुई युवक गम्भीर रूपमा घाइते भएका छन्। दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि पीजीआई चण्डीगढ़ रेफर गरिएको छ।
जानकारी अनुसार, पार्टीमा अचानक दुई गुटबीच खननलाई लिएर भनावैरी शुरू भयो। विवाद यति बढ्यो कि एक आरोपीले हतियार निकालेर गोली चलायो। गोली लागेर आशु पुरीको घटनास्थलमै मृत्यु भयो। गोलीबारीमा दुई युवक गम्भीर रूपमा घाइते भए, जसलाई तुरन्तै ऊना अस्पताल पुऱ्याइयो, जहाँ उनीहरूको गम्भीर अवस्था देखेर उनीहरूलाई पीजीआई रेफर गरियो।
जानकारी अनुसार, दुवै गुट सत्ताधारी पार्टीका युवा नेता हुन्। जसमध्ये एक यूथ कांग्रेसको पदाधिकारी पनि रहिसकेको छ, जसलाई सोधपुछको निम्ति हिरासतमा लिइएको छ।
घटनापछि पुलिसका टीमहरू घटनास्थलमा पुगे औं क्षेत्रलाई सील गरियो। पुलिसले हत्या र हत्याको प्रय़ास अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। आरोपीहरूलाई खोज्न छापामारी भइरहेको छ। घटनापछि क्षेत्रमा भयको माहोल छ जबकि स्थानीय मानिसहरूले सुरक्षा व्यवस्थामाथि औंला उठाइऱहेका छन्।
एसपी ऊना अमित यादवको भनाई छ, बुधवार राति गोलीकाण्डको सूचना पाइएको थियो। जसमा पुलिसले तुरन्तै कारबाही शुरू गरेको छ। छिट्टै नै आरोपीहरूलाई पक्राउ गरी घटनाको पूरा सत्य उजागर गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी