
सीतापुर, 20 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको सीतापुरमा महोली कोतवाली क्षेत्रको अढ़ोरी गाउँमा बुधवार अबेर साझँ सानो विवादले भयंकर रूप लियो। छिमेकी दम्पत्तिले अधबैसे रामसागर (55) को गर्दनमा हसियाले हमला गरी गम्भीर रूपमा घाइते बनायो। घटनाले पूरा गाउँमा खैलाबैला मच्चेको छ।
जानकारी अनुसार, रामसागरको गाईवस्तु छिमेकी अमरपाल र उसकी पत्नी रीनाको खेतको बाड़ भत्काएर भित्र पसेको थियो। सोही कुरामा दुवै पक्षबीच भनावैरी शुरू भयो। आवेगमा आएर अमरपाल र रीनाले घरबाट हसिया लिएर आए औं रामसागरमाथि अचानक हमला गरेको आऱोप छ। गर्दनमा हमला गरिएकोले रामसागर गम्भीर रूपमा घाइते भएर भूईमा लड़े।
खैलाबैला सुनेर गाउँलेहरू दौड़ेर आए औं आरोपी दम्पत्तिलाई हटाएर स्थिति सम्हाले। घाइते रामसागरालई तत्काल महोली स्वास्थ्य केन्द्र लगियो, जहाँ अवस्था गम्भीर हुँदा डाक्टरहरूले उनलाई जिल्ला अस्पताल पठाए।
महोली कोतवाली प्रभारी जेबी पाण्डेयले बताए, विवाद गर्ने एकै परिवारका हुन्। अमरपाल र रीना विरूद्ध हत्याको प्रय़ास सहित गम्भीर धाराहरूमा मामिला दर्ता गरिएको छ। उनीहरूलाई पक्राउ गर्न छापामारी भइऱहेको छ। गाउँलेहरू अनुसार, गाईवस्तुलाई लिएर दुवै परिवारमा पहिलेपनि विवाद भइसकेको छ तर यस पाली मामिला अत्यन्तै गम्भीर बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी