पत्रकार खगेन्द्रमणि प्रधानलाई 'काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025' ले सम्मानित गरिने
khagendra mani pradhan


ambar gurung


lalit dahal


bhawani thami


hem subba


पत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

गान्तोक, 20 नोभेम्बर (हि.स.)। सिक्किमका वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधानलाई 'काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025' ले सम्मानित गरिने भएको छ। यसरी नै वरिष्ठ पत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025 ले सम्मानित गरिने छ।

सिक्किम सरकारको सूचना एवं जन सम्पर्क (आईपीआर) विभागद्वारा आागामी 25 नोभेम्बर, 2025 का दिन आयोजन गरिने राष्ट्रिय प्रेस दिवसको अवसरमा पत्रकारद्वयलाई उक्त पुरस्कारहरूले सम्मानित गरिने छन्। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने मुख्यमन्त्रीको बाहुलीद्वारा पत्रकारहरूलाई सम्मानित गरिने छ।

यस अतिरिक्त, तीन जना पत्रकारलाई पनि विभिन्न पुरस्कारहरूले सम्मानित गरिने छन्। जसमा पत्रकार ललित दाहाल, पत्रकार भवानी थामी र पत्रकार हेम सुब्बा सामेल छन्। जिम्मेवार र नैतिक पत्रकारिताको प्रवर्द्धनमा उत्कृष्टता र विश्वसनीय योगदान पुर्‍याएकोमा पत्रकारहरूलाई पुरस्कार प्रदान गरिने बताइएको छ। आईपीआर विभागले सबै सम्मानित हुन लागेका पत्रकारहरूलाई बधाई दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande