चिया बगानमा शावकको उपस्थितिले आतंक फैलियो
चिया बगानमा शावकको उपस्थितिले आतंक फैलियो


सिलगढी, 20 नोभेम्बर (हि. स.)। चिया बगानमा हात्तीको शावकको उपस्थितिले आतंक फैलिएको छ। वन विभागले सतर्कताको रूपमा बगानको काम नै बन्द गरिदिएको छ। वास्वतवमा नक्सलबाड़ीको पहाड़गुमिया चिया बगानमा गए बिहीवार हात्तीको शावक आफ्नो दलसित छु्ट्टिएर एक्लो भयो।

प्राप्त जानकारी अनुसार बिहान दश वटा हात्तीहरूको बथान टुकरियाझार जंगलदेखि पहाड़गुमिया चिया बगान हुँदै बागडोगरा जंगलतर्फ गइरहेको थियो। यसै अवधि बथानबाट छुट्टिएर एउटा शावक बीचमै फस्यो। त्यसपछि भौंतारिएको शावक पहाड़गुमिया चिया बगान वरपर घुमिरह्यो। यो समाचार लेखुञ्जेलसम्म शावकले बगानमा शरण लिएको थियो जसबाट श्रमिकहरू भयभित भएका छन्।

खबर पाएर बागडोगरा रेञ्ज, टुकरियाझार रेञ्ज तथा घोषपुकुर रेञ्जका कर्मचारीहरू घटनास्थलमा पुगे। पछि वन विभागले बगानमा चियापत्ती टिप्ने काम नैबन्द गरिदियो। वन विभागानुसार शावकलाई साँझपछि जंगलमा पठाउने काम शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande