गुजरात : घरमा लागेको आगोले एकै परिवारकि 4 जनाको मृत्यु
Gujarat godhara


गोधरा, 21 नोभेम्बर हि.स.)। गुजरातको गोधरा शहरमा शुक्रबार बिहान एक घरमा आगलागी हुँदा एउटै परिवारका चार जना सदस्यको मृत्यु भएको छ। यो घटना बामरौली मार्गस्थित गंगोत्री नगर क्षेत्रमा घटेको हो।

आज यो घरमा जेठा छोरा देवको सगाईको तयारी भइरहेको थियो।यस हृदयविदारक घटनामा ‘वर्धमान ज्वेलर्स’का मालिक तथा परिवारका मुखिया कमलभाई दोषी (५०), उनकी पत्नी देवलबेन दोषी (४५), जेठा छोरा देव कमलभाई दोषी (२४) र कान्छा छोरा राज कमलभाई दोषी (२२) को मृत्यु भएको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार घरको ग्राउन्ड फ्लोरमा राखिएको सोफामा राति सर्ट सर्किट वा अन्य कारणबाट आगलागी भएको अनुमान गरिएको छ। घर चारैतिरबाट सीसा बन्द भएकाले धुवाँ बाहिर निस्कन सकेन र पूरा घर विषालु धुवाँले भरियो। गहिरो निद्रामा रहेका परिवारका सदस्य समयमै ब्यूँझन नसकेकाले सबैको घटनास्थलमै मृत्यु भएको हो।

दोषी परिवार आज बिहान देवको सगाईका लागि वापी जाने तयारीमा थियो। खुशीको माहोल पलभरमै शोकमा परिणत भएको छ। घटनापछि गोधराको व्यापारी समुदाय र पूरा गंगोत्री नगर क्षेत्र शोक र सदमामा डुबेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande