
मोरबी, २२ नोभेम्बर (हि.स.)। गुजरातको मोरबी जिल्लामा आज केन्द्रिय गृहमन्त्री अमित शाह र प्रदेश अध्यक्ष जगदीश विश्वकर्माको उपस्थितिमा नयाँ भाजपा जिल्ला कार्यालयको उद्घाटन गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै अमित शाहले आगामी समयमा तमिलनाडु र पश्चिम बंगालमा पनि भाजपा–एनडीएको सरकार बन्ने दाबी गरे।
अमित शाहले भने, बिहार चुनाउको समयमा धेरै राजनीतिक विश्लेषकहरूले भाजपा–एनडीएलाई कमजोर भन्दै मूल्यांकन गरेका थिए, तर जनताले भारी बहुमत दिएर एनडीएको सरकार बनाइदिए। उनका अनुसार, आज भाजपा देशभरमा सबैभन्दा बढी विधायक, सांसद, पार्षद तथा पञ्चायत प्रतिनिधि भएको पार्टी बनिसकेको छ।
मोरबीको प्रगतिका विषयमा उनले भने, माछू बाढीको विनाशपछि जिल्लाले मजबूतीका साथ पुनर्निर्माण गरेको छ र आज मोरबी विश्वकै प्रमुख सिरेमिक उद्योग केन्द्रका रूपमा स्थापित भइसकेको छ। उनले भने, मोरबीलाई नगर निगम बनाउने भाजपा सरकारको निर्णयले विकासलाई अझ तेज बनाउनेछ।
कार्यक्रममा नयाँ भाजपा कार्यालयका सुविधाहरूको पनि विस्तृत जानकारी दिइयो, जसमा प्रदेश अध्यक्षको कक्ष, महामन्त्री कक्ष, सम्मेलन कक्ष, मिडिया कक्ष, युवा मोर्चा, महिला मोर्चा, विधायकहरूको कक्ष तथा पुस्तकालयजस्ता आधुनिक व्यवस्था समावेश छन्। यस कार्यालयको निर्माण कार्य सन् २०२० मा सशुरु भएर २०२५ मा पूरा भएको हो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी