
नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। शिक्षा मन्त्रालयले आगामी 02 दिसम्बरदेखि काशी तमिल संगमम 4.0 (केटीएस 4.0) को आय़ोजन गर्न गइऱहेको छ। वाराणसीमा 15 दिसम्बरसम्म चल्ने संगमममा तमिलनाडूबाट 1,400 भन्दा अधिक प्रतिनिधि सामेल हुनेछऩ्।
शिक्षा मन्त्रालयले शनिवार एक बयानमा भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणाले शुरू भएको यस पहलको उद्देश्य तमिलनाडू र काशीबीच प्राचीन सांस्कृतिक, भाषिक र ज्ञान परम्पराहरूको सम्बन्धहरूलाई अझ् बलियो बनाउनु हो। यस कार्यक्रममको समन्वय आईआईटी मद्रास र बनारस हिन्दू विश्वविद्यालयद्वारा गरिँदैछ जबकि धेरै केन्द्रिय मन्त्रालय र उत्तर प्रदेश सरकारले यसमा सहयोग पुऱ्याइरहेको छ।
वर्ष 2022 मा शुरू भएको यस संगमले अहिलेसम्म व्यापक जनभागीदारीको साथ दुई प्राचीन सभ्यताहरूबीच एक बलियो सांस्कृतिक पुलको निर्माण गरेको छ। चौथो संस्करणको मुख्य विषय “लर्न तमिल – तमिल कार्कलम” राखिएको छ। यस अन्तर्गत देशभरिमा तमिल भाषा सिक्नुलाई प्रोत्साहन दिनु र भारतको शास्त्रीय भाषिक विरासतलाई लोकप्रिय बनाउनमाथि विशेष जोड रहनेछ।
तमिलनाडूबाट 1,400 भन्दा अधिक प्रतिनिधि आठ दिवसीय अनुभवात्मक यात्रामा आउनेछऩ्। यसमा छात्र, शिक्षक, मीडिया पेशावर, कृषि र सम्बद्ध क्षेत्रसित जोड़िएका मानिसहरू, कारीगार, महिलाहरू र आध्यात्मिक विद्वान सामेल हुनेछऩ्। उनीहरूले वाराणसी, प्रय़ागराज र अयोध्याको भ्रमण गरी सांस्कृतिक, साहित्यिक र अकादमिक कार्यक्रमहरूमा भाग लिनेछन्।
प्रतिनिधिहरूलाई काशी स्थित तमिल विरासत स्थलहरूमा पनि घुमाइनेछ, जसमा महाकवि सुब्रमण्यम भारतीको पैतृक आवास, केदार घाट, “लिटिल तमिलनाडु” क्षेत्रको काशी मदम, काशी विश्वनाथ मन्दिर र माता अन्नपूर्णा मन्दिर प्रमुख छन्। यस बाहेक बीएचयूको तमिल विभागमा साहित्यिक र शैक्षणिक संवाद पनि आयोजित हुनेछ।
केटीएस 4.0 अन्तर्गत प्रमुख पहलहरूमा ‘सन्त अगस्त्य वाहन यात्रा’ 2 दिसम्बरको दिन तेनकासीबाट शुरू भएर 10 दिसम्बरमा काशीमा समाप्त हुने यो यात्रा तमिलनाडू र काशीबीच प्राचीन सांस्कृतिक मार्गहरूको पुनः सम्झना गराउनेछ। यो यात्रा पाण्ड्य शासक अदि वीर पराक्रम पाण्डियनको एकता-यात्रालाई समर्पित छ, जसले तेनकासीमा शिव मन्दिरको निर्माण गरी दक्षिण काशीको संकल्पनालाई आकार दिएको थियो।
यस बाहेक वाराणसीका विद्यालयहरूमा तमिल शिक्षण “तमिल कार्कलम” अभियान अन्तर्गत 50 तमिल शिक्षकले काशीका स्कूलहरूमा तमिल भाषा पढ़ाउनेछऩ्। उत्तर प्रदेशका छात्रहरूका लागि तमिलनाडु अध्ययन भ्रमण- कूल 300 छात्रलाई यस कार्यक्रम अन्तर्गत 15 दिनको निम्ति तमिलनाडु पठाइनेछ। त्यहाँ उनीहरूलाई तमिल भाषा, संस्कृति र विरासतसित अवगत गराइनेछ।
सबै श्रेणीहरूका लागि पंजीकरण पोर्टल kashitamil.iitm.ac.in मा उपलब्ध छ, जसको अन्तिम मिति 21 नोभेम्बर 2025 राति 8 बजी छ। चयन क्विज 23 नोभेम्बरमा आय़ोजित हुनेछ। तमिलनाडु अध्ययन यात्राको निम्ति विशेष पंजीकरण पोर्टल kashitamil.bhu.edu.in उपलब्ध छ। काशी तमिल संगमम् 4.0 सांस्कृतिक आदान-प्रदान र राष्ट्रिय एकतालाई बलियो बनाउने दिशामा एक महत्वपूर्ण प्रयास हो, जसले भारतको सभ्यतागत निरन्तरता र विविधतामा एकताको सन्देशलाई अझ् सशक्त बनाउँदछ।
हिन्दुस्थान समाचार / भवानी थामी