
चण्डीगढ़, २२ नोभेम्बर (हि.स.)। पञ्जाब पुलिसले सीमा पारीबाट हुने लागुऔषध तस्करीको मोड्युलको खुलासा गर्दै ५० किलो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। अन्तरराष्ट्रिय बजारमा एक किलो हेरोइनको हालको मूल्य लगभग करोड़ रुपियाँ पर्छ।
पुलिस महानिर्देशक गौरव यादवले शनिबार यहाँ पत्रकारहरूलाई जानकारी दिँदै भने, एन्टी–नार्कोटिक्स टास्क फोर्सले कपूरथलाका बासिन्दा सन्दीप सिंह उर्फ सीमालाई पक्राउ गरेको हो। उसको पाकिस्तानस्थित आईएसआई समर्थित संगठनहरूसँग सम्बन्ध रहेको बताइएको छ। यो हेरोइन सीमा पारी तस्करीमार्फत भारतमा भित्रिएको थियो।
उनका अनुसार, सन्दीप उर्फ सीमामाथि पहिले नै लागुऔषध तस्करीसम्बन्धी पाँच मुद्दा दर्ता भएका छन्। अभियुक्त भर्खरै जेलबाट जमानतमा बाहिर आएको र पुनः तस्करीको काम शुरु गरेको पाइएको छ। गोप्य सूचनाको आधारमा पुलिसले उसमाथि निगरानी राख्दै जानकारी प्राप्त स्थानमा छापा मारेर हेरोइन बरामद गरेको बताइएको छ।
डीजीपी यादवले भने, अभियुक्तका पञ्जाब तथा अन्य राज्यका तस्करहरूसँगका सम्बन्ध र हेरोइन कहाँ आपूर्ति गर्न लागेको थियो भन्नेबारे सोधपुछ भइरहेको छ। उसको विरुद्ध मुद्दा दर्ता गरी थप कारबाही अघि बढाइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी