दिल्लीको रामलीला मैदानमा १४ दिसम्बरमा कांग्रेसको र्याली, एसआईआरको मुद्दा उठाइने
Venu Gopal


नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। कांग्रेसले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) तथा कथित मत चोरीविरुद्ध १४ दिसम्बरमा दिल्लीको रामलीला मैदानमा ठूलो र्याली गर्ने घोषणा गरेको छ।

पार्टीका महासचिव केसी वेणुगोपालले भोट चोरी भारतीय लोकतन्त्रका लागि ठूलो खतरा बनेको बताउंदै यसको विरोधमा देशव्यापी सन्देश दिन आवश्यक रहेको बताए। उनले भाजपा र निर्वाचन आयोगमाथि निर्वाचन प्रक्रियामा पक्षपात गरेको पनि आरोप लगाएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande