
जम्मू, २२ नोभेम्बर (हि.स.)। जम्मू–कश्मीरको साम्बा जिल्लामा अन्तरराष्ट्रिय सीमा (आईबी) नजिकै रहेको एक गाउँको माथि पाकिस्तानी ड्रोन देखिएको छ।
अधिकारीहरूले शनिबार बताए अनुसार, शुक्रबार अबेर राति पाकिस्तानस्थित चक भूरा पोस्टतर्फबाट आएको ड्रोनलाई देखिएको थियो। केही मिनेटसम्म घगवाल क्षेत्रको रीगल गाउँको माथि मण्डारिएर उडेको ड्रोन पुनः सीमा पार गरेर पाकिस्तानतर्फ फर्किएको बताइएको छ।
सुरक्षा बलहरूले तत्कालै क्षेत्रको खोजी गरे, ताकि त्यहाँ कुनै नशालु पदार्थ, हतियार वा अन्य शंकास्पद सामग्री त झारिएको छैन भन्ने पक्का गर्न सकियोस्। सुरक्षा बलहरूले शनिबार बिहान पनि खोजी अभियान जारी राखेका
छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी