
हालै सार्वजनिक गरिएको ‘तेरे इश्क़ में’ को ट्रेलरले रिलिज भएको केही समयमा नै सामाजिक सञ्जालमा जबरजस्त प्रभाव छोड्यो। ए. आर. रहमानको संगीत र तीव्र भावनाले भरिएको यो प्रेमकथाले रिलिजअघि नै दर्शकहरूमा गहिरो छाप छोडिसकेको छ। ट्रेलरले सबै प्लेटफर्ममा ९०.२४ मिलियन भ्यूज पार गर्दै चर्चाको केन्द्र बनेको छ, जसले दर्शक यसका पात्र र कथासँग भावनात्मक रूपमा जोडिएको स्पष्ट गर्छ।
फिल्मको चर्चा भइरहेका बीच कृति सेननले आफ्नो किरदार ‘मुक्ति’ बारे विस्तारमा कुरा गरिन्। उनका अनुसार, यो भूमिका धेरै तहमा जटिल र संवेदनशील छ। कृतिले भनिन्, “मुक्तिको ग्राफ निकै व्यापक छ। उसले जहाँबाट यात्रा शुरु गर्छे र अन्त्यमा जहाँ पुग्छे, बीचका उसका निर्णय, जिम्मेवारी र भावनामा धेरै परतहरू छन्। धेरै भावहरू शब्दमा छैनन्, केही ठाउँमा त संवाद पनि छैनन्। सबै कुरा आँखाबाट, अभिव्यक्तिबाट देखाउनुपर्यो। यो मेरो लागि बिल्कुल नयाँ र निकै चुनौतीपूर्ण अनुभव थियो।”
कृतिले खुलासा गरिन्, फिल्मका भावनात्मक रूपमा चरम दृश्यहरूको शूटिङले उनलाई मानसिक र शारीरिक दुवै रूपमा थकाए। उनले भनिन्, प्री-क्लाइम्याक्स र क्लाइम्याक्सका धेरै दृश्य निकै इण्टेन्स थिए र हामीले ती लगातार ५–६ दिनसम्म शूट गर्यौँ। ती दृश्यहरूमा यति धेरै भावनात्मक र शारीरिक ऊर्जा खर्च भयो कि म पूरै थाक्थेँ। वैनिटीमा पनि त्यसको प्रभाव रहन्थ्यो, र धेरै पटक घर पुगेपछि पनि त्यो भारीपन महसुस हुन्थ्यो। सायद त्यो नै फिल्मको सबैभन्दा कठिन भाग थियो।
गुलशन कुमार र टी–सिरीज प्रस्तुत ‘तेरे इश्क़ में’ कलर येलो प्रोडक्सनसँग मिलेर तयार गरिएको हो।
निर्माता: आनन्द एल. राय, हिमांशु शर्मा
सह–निर्माता: भूषण कुमार, कृष्ण कुमार
निर्देशक: आनन्द एल. राय
पटकथा: हिमांशु शर्मा, नीरज यादव
संगीत: ए. आर. रहमान
गीत: इर्शाद कामिल
अभिनय: धनुष र कृति सेनन
‘तेरे इश्क़ में’ २८ नोभेम्बर २०२५ मा हिन्दी र तमिल भाषामा विश्वभर रिलिज हुने तयारीमा छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी