मेक्सिकोकी फातिमा बश बनिन् मिस युनिभर्स 2025
Fatima


थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स २०२५ को भव्य फिनाले जोशिलो र शानदार तरिकाले सम्पन्न भयो, जहाँ विश्वका विभिन्न देशका सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने प्रतिस्पर्धीमाथि सबैको ध्यान केन्द्रित थियो। यो वर्ष १३० भन्दा बढी देशका प्रतियोगीहरूले आफ्नो सौन्दर्य, आत्मविश्वास र दक्षता प्रदर्शन गरे। तर, भारतका लागि यो वर्ष निराशाको क्षण रह्यो, किनकि देशकी प्रतिनिधि मनिका विश्वकर्मा टप १२ मा स्थान बनाउन असफल भइन्। मेक्सिकोकी फातिमा बशले सबैलाई पछि पार्दै मिस युनिभर्स २०२५ को ताज आफ्नो नाममा गरिन्।

फातिमा बोशले आफ्नो सौन्दर्य, प्रतिभा र उत्कृष्ट उत्तरहरूले निर्णायक र दर्शक दुवैको मन जितिन्। यस प्रतिष्ठित प्रतियोगितामा भारतकी मनिका पनि सहभागी थिइन्, जसबाट देशका धेरै अपेक्षा थियो। राजस्थानकी मनिकाले अन्तिम चरणसम्म यात्रा गरेकी थिइन्, तर ताज हासिल गर्न सकिनन्। मनिकाबाट भारतका लाखौं नागरिकले आशा राखेका थिए कि उनी २०२१ पछि पुनः भारतलाई मिस युनिभर्सको ताज दिलाउनेछिन्। यद्यपि यसपालि त्यो सपना अधुरै रह्यो।

यस वर्षको मिस युनिभर्स प्रतियोगिता केही विवादका कारण पनि चर्चामा रह्यो। फिनालेभन्दा तीन दिन अघि जज ओमार हारफुशले आयोजकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा दिएका थिए। उनको भनाइमा, शीर्ष ३० प्रतियोगीहरूको छनोट पहिले नै तय गरिएको थियो र केही प्रतियोगी आयोजकहरूसँग व्यक्तिगत सम्बन्ध भएका रहेका थिए। आयोजकहरूले यी आरोपको खण्डन गरे पनि ओमारले कानुनी कारबाही गर्ने चेताउनी दिएका छन्।

भारतको मिस युनिभर्स यात्रा १९९४ मा सुष्मिता सेनले पहिलो पटक यो खिताब जित्दै शुरु भएको थियो। त्यसपछि २००० मा लारा दत्ता र २०२१ मा हरनाज कौर सन्धूले यो ताज भारतमा ल्याए। यस वर्ष मनिका पनि त्यही यात्राको हिस्सा बनिन्। यद्यपि उनले टप १२ मा स्थान बनाउन सकिनन्, उनको समर्पण, प्रयास र आत्मविश्वास लाखौं भारतीय युवतीहरूको लागि प्रेरणाको स्रोत बनी रहनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande