अहान पाण्डेले अनीत पड्डासंग सम्बन्धको अफवाहबारे मौनता तोड़े
Aahan pandey


'सैयारा’ फिल्ममार्फत रातारात चर्चामा आएका अभिनेता अहान पाण्डे अहिले इन्टरनेटका सबैभन्दा चर्चित अनुहारहरूमा गनिन्छन्। रोचक कुरा के छ भने उनको अन-स्क्रिन प्रदर्शनभन्दा बढी उनको व्यक्तिगत जीवनकै चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा बारम्बार अनुमान लगाइँदैछ कि अहान आफ्नी सह-अभिनेत्री अनीत पड्डासँग प्रेम सम्बन्धमा छन्। हालै फिल्म निर्माता करण जोहरको प्रतिक्रियाले यी अफवाहहरूलाई झनै बल दिएको थियो। अब अहानले आफैंले खुलासा गर्दै सम्बन्धबारे साँचो स्थिति स्पष्ट गरेका छन्।

अहानका अनुसार, अनीत उनकी सबैभन्दा राम्रो साथी समान छन्। एक अन्तर्वार्तामा उनले भने, “अनीत मेरी सबैभन्दा उत्तम साथी हुन्। इन्टरनेटमा सबैले सोचिरहेका छन् कि हामी संगै छौं, तर हामी प्रेम सम्बन्धमा छैनौं। केमिस्ट्री सधैं रोमान्टिक हुंदैन। त्यो सहजता, सुरक्षा र पारस्परिक समझदारीमा पनि देखिन्छ। हामी दुवैले एक–अर्कामा यही भावना महसुस गरेका हौं।

अहानले थपे, अनीतसँगको मित्रता कहिल्यै रोमान्टिक सम्बन्धमा परिणत हुनेछैन। अर्कोतर्फ, हालै एक अन्तर्वार्तामा करण जोहरले पनि यी अफवाहहरूबारे भनेका थिए, यसबारे अहिलेसम्म कुनै औपचारिक पुष्टि भएको छैन। यदि भविष्यमा दुबै डेट गर्न थाले भने, अहिले कसैलाई थाहा छैन कि त्यो कहिले वा कसरी हुन्छ।” हाल अहान निर्देशक अली अब्बास जफरको आगामी फिल्मको तयारीमा व्यस्त छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande